सरकारसँग वार्ता असम्भव : वैद्य


संवाद डबली
३१ वैशाख ,धनगढी । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकार र चार दलीय उच्चस्तरीय राजनीतिक समितिसँग वार्ताको सम्भावना नरहेको बताउनु भएको छ । 
क्रान्तिकारी पत्रकार महासंघले धनगढीमा आयोजना गरेको
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले आफूहरुका मागको सुनुवाई नभएकाले वार्ताको सम्भावना नरहेको बताउनु भएको हो ।
आफूहरुका मागको सम्बोधन नभएसम्म निर्वाचनमा जाने सम्भावना नरहेको भन्दै उहाँले आफ्ना माग सम्बोधन नभए आन्दोलनबाट नै निकास निकाल्ने चेतावनी दिनुभयो । 
बर्तमान सरकार विदेशीको ईसारामा चलेको भन्दै उहाँले बाह्य हस्तक्षेपका विरुद्ध एक जुट हुन सबैलाई आग्रह गर्नुभयो । नेपालमा संसदीय व्यस्था असफल भइसकेको र नयाँ व्यवस्थाको आवश्यकता रहेको भन्दै उहाँले भोलीदेखी संघर्षका कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । 

No comments:

Post a Comment