शिक्षाको माध्यमबाट भारतीय हस्तक्षेप : गजुरेल
४ जेठ, कामठडौं । नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले नेपालमा शिक्षाको माध्यमद्वारा भारतले हस्तक्षेप अगाढि बढाइरहेको बताउँनुभएको छ । अखिल नेपाल शिक्षक संगठनले संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
उपाध्यक्ष गजुरेलले गैरकानुनी रुपमा भारतले नेपालमा विद्यालय स्थापना गर्ने र नेपालको राष्ट्रियता विरोधी विषय समेटेर पाठ्याक्रम पढाउदै हस्तक्षेपलाई निरन्तर अगाडी बढाइरहेको भन्दै त्यसको विरोध गर्न शिक्षक, विद्यार्थी र आम नागरिकलाई आग्रह गर्नुभयो । ‘भारतले नेपाली जनताको लागि शिक्षामा लगानी गरेको नभएर नेपाललाई सिक्किम बनाउन शिक्षा क्षेत्रबाट पसेको छ ।’ उहाँले भन्नुभयो । शिक्षा, संस्कृत, उत्पादन प्रणालीमाथि हस्तक्षेप गरी नवऔपनिवेश बनाउन लागि परेका गजुरेलको दाबी छ ।
खिलराजले गर्ने चुनावले राष्ट्रघात र नेपाललाई सिक्किमिकरण गर्ने भएकाले आफूहरु चुनाव भाग नलिएको भन्दै राष्ट्रवादी देशभक्तहरुलाई एकतामा आउन आग्रह गर्नुभयो । गजुरेलले अर्को प्रसंगमा ‘रोल्पाबाट चुनाव जित्न नसक्ने भएपछि प्रचण्ड मधेसतिर गए’ बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षा मन्त्रालयका सह–प्रवक्ता रोजराज पाण्डले नेपालको कानुनले भारतलाई एउटामात्र विद्यालय खोल्ने अनुमति दिए भएपनि ४ वटा विद्यालय स्थापना गरी भारतिय पाठ्याक्रम पढाइरहेको बताउनुभयो । उहाँले राजनीतिक व्यक्तित्वका कारण शिक्षाको माध्यमद्वार भारतिय हस्तक्षेप बढेको बताउनुभयो ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा हिसानका अध्यक्ष उमेश श्रेष्ठले राष्ट्रवादी शिक्षाको विकास गर्नुपर्ने बेला आएको भन्दै रोजगार व्यवसायीक शिक्षा, उद्यमशिल शिक्षा कृर्षि, पर्यटन सम्बन्धि शिक्षालाई राज्यले प्रथमिकाता दिनुपर्ने बताउनुभयो । टिप्पणी गर्दै प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले कुनै पनि वहानामा कसैको हस्तक्षेप चाहदैनौ भन्दै त्यसको विरोध गनुपर्ने बताउनुभयो ।
अभिभावक संघको अध्यक्ष, सुप्रभात भण्डारीले काठमाडौंमै वुद्ध भारतमै जन्म भएको भन्ने शिक्षा नेपालीका छाराछोरीलाई सिकाउदा पनि सरकार चुप लाग्नु आत्तिजनक भएको बताउनुभयो । नेपाल राष्ट्रिय अभिभावक संघका उपाध्यक्ष चक्रबहादुर बुढा, सामुदायीक र नीति विद्यालयको संगठन हिस्ठानका उपाध्यक्ष ऋषिराम कडेल, नेपाल शिक्षक युनियनका अध्यक्ष शेरबहादुर जिसी, नेपाल शैक्षिक गणतान्त्रिक मंचका अध्यक्ष होम कुमार थापा लगायतल कार्यपत्रमाथि आफ्ना धारणा राख्न’भएको थियो ।

No comments:
Post a Comment