मनोरन्जन


 पत्रकारका प्रश्नवाणले झलनाथ लर्बराए

 २८ बैशाख, काठमाडौ, केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनपेक्षित प्रश्न सोध्न थालिएपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आच्चु-आच्चुमा परेका छन् । केन्द्रीय समितिले गरेका निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रत्रकारको प्रश्न लोकमानसिंह प्रकरणमा बढी केन्द्रित थियो । उनले दिएका उत्तरहरू भने प्रष्ट हुन सकेको थिएन र उत्तर दिँदा पनि सकेसम्म   दोहोरो अर्थ लाग्ने गरी कुरा चपाउँदै जवाफ दिएका थिए ।

पत्रकार सुशील पन्तले सुरू मै प्रश्न सोधे, 'नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकमान प्रकरणमा म परिबन्धमा परे भनेर भन्नुभाथ्यो, तपाईलाई पनि कुनै परिबन्ध थियो कि ?' लगत्तै प्रेस ट्रष्ट अफ इण्डियाका लागि कामगर्ने पत्रकार शिरिश बल्लभ प्रधानले भकभकाउदै सोधे,'बाहृय शक्ति भनेको को हो ? कस्को दवावमा पर्नुभयो ? बुझ्ने भाषामा भन्दिनुस् न ।'

अध्यक्ष झलनाथ खनालले टालटुले जवाफ दिए,'बाह्य दवाव भन्ने नेपाली जनताले प्रष्ट बुझेका छन् ।' अनि एमाले नेताहरू हास्न थाले त्यत्तिकैमा पछाडिबाट कसैले सोध्यो त्यो भनेको भारत हो ? खनालले जवाफ फर्काए,'त्यो पछाडिबाट आएको आवाज जस्तै हो ।' पत्रकार इन्द्र आचार्य र लक्कि चौधरीले पनि त्यस्तै आसयका प्रश्न सोधे ।

खनालको उत्तरले पत्रकारहरू पटक्कै सन्तुष्ट भएनन्, सुरूमा प्रश्न गरेका पत्रकार पन्तले फेरि प्रश्न गरे,'माफ गर्नुहोला अध्यक्षज्यू, मेरो प्रश्नको चित्तबुझ्दो जवाफ आएन, तपाइलाई चाही कस्ले परिवन्धमा पारेको थियो ? कार्कीको सपथको अघिल्लो दिन बालुवाटारमा भएको चारदलीय संयन्त्रको बैठकमा कोही विचौलिया पनि थिए कि ?' सबैभन्दा अगाडि बसेका पत्रकारले अध्यक्षलाई खरो प्रश्न सोधेपछि एमालेका नेताहरू फेरी हाँसे ।

खनालले साखै चित्तबुझ्दो जवाफ फेरीपनि दिएनन्, 'मंगलबार बालुवाटारमा भएको बैठकमा कार्कीको नाम फिर्ता गर्न पहल गर्यो, तर हाम्रो भनाइको सुनुवाइ भएन ।' खनालबाट लोकमान प्रकरणमा स्पष्ट जवाफ नआएपछि पत्रकारहरूका प्रश्न अन्य  बिषयमा केन्द्रीत भए,'आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने भनेछ, त्यो कसरी संभव छ ?'
खनालको कुरा सुनेर पत्रकार हाँसे ।
 

No comments:

Post a Comment