राजनीति

एमाओवादी मदन भण्डारीको बाटोमा : नेपाल 


३ जेष्ठ, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत माओवादी मदन भण्डारीकै बाटो समातेर बहुदलीय जनवादमा आएको बताउनु भएको छ । २० औं मदन–आश्रित 
स्मृति दिवसको अवसरमा चितवनको दासढुंगामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको हो । उहाँले सो क्रममा हजारौंको बलिदान चढाएर एमाओबादीले जनतामाथि अपराध गरेको आरोप लगाउनु भयो


२०५० साल जेठ ३ गते पोखराबाट चितवन जाने क्रममा भण्डारी र आश्रितको चितवन दासढुंगामा जीप दुर्घट्नामा परि मृत्यु भएको थियो । उक्त दुर्घट्ना रहस्यपूर्ण भएको बताइएपनि कारण भने अझै खुल्न सकेको छैन । घट्नामा सकुशल रहेका जीपका चालक अमर लामाको केही वर्षअघि राजधानीमा गोली हानी हत्या भएको थियो ।

यसैगरी यता नेकपा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार विहान पार्टी मुख्यालय बल्खुमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो भने राष्ट्रिय सभागृहमा पनि आगामी संविधानसभा निर्वाचनका लागि एमाले परिचालन अभियानको उद्घाटन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

No comments:

Post a Comment