समाचार

हुम्लामा गोमा एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल

अर्जुन बोहरा १३ जेष्ठ, हुम्ला । नेपाल गञ्जबाट विहान ९ बजेर ४९ मिनेटमा उडेको गोमा एअर को 9AJU विमान सिमकोटको विमानस्थलको रनवेअमा लेन्डिङ्गी गर्दा  दाहीने टायर पञ्चट भई आज विहान १० बजेर ४२ मिनेटमा दुर्घटना भएको छ । आज बिहान चालक दल सहित ११ जना यात्रु बोककेको क्याराभान C208 गोमा एयर जहाज १०० मिटर टाढा गई अनिन्त्रित भई विमानस्थलको दाहिने भितामा ठोकिएरु  यात्रुबाहेक सकुशल बाँच्न सफल भएका छन ।   नेपालगञ्ज देखि उडान गरेको उक्त विमान १० बजेर ४२ मिनमा सिमकोट विमान स्थलमा ल्याण्डीङ्गी  गरेकै २० सेकेन्डमै दुर्घटना भई सबै यात्रु सकुशल रहेको सिमकोट विमान स्थलका  टेक बहादर पातलीले जानकारी दिएका छन । क्याप्टेन रविन्द्र रोकाया र को पाइलेट प्रिती गिरीले उडाएको  गोमा एयर 9AJU क्यारभान C208 को विमानको दाहिने टायर ल्याण्ड गरेकै  समयमा  पञ्चड भएको आवाज आएको र उक्त जहाज  नियन्त्रण भन्दा बाहीर जान लागे पछि  हवाइ मैदानको रनवेको दाहिने भागको  भित्तामा ठोकीन गएको विमानस्थलमा सुरक्षार्थ खटिएको एक जना  सुरक्षा कर्मीले बताएका छन ।विमानस्थलमा खटिएका शुरुक्षाकर्मिहरुले उक्त दुर्घटना विमानमा भएका सबै यात्रुहरु उद्धार गरी विमान स्थलबाट यात्रुहरु आ आफ्नो घर तर्फ  पठाएको सिमकोट विमान स्थलले शुरक्षा कर्मिहरुले बताएका छन ।  विमानको अघिल्लो पखेटा, टायर, अघिको चुच्चो परेको भाग र पछिल्लो टायर पखेटा सहित बोडीमा समेत सामान्य क्षती भएकाृे बताएको छ ।  गोमा एयर विमानको वास्तविक दुर्घटना कसरी भएको  भन्ने बारेमा नागरिक उड्यन प्राधिकरण र गोमा एयरको टोली आएपछि मात्रैे यसको छानविन हुने विमान स्थलका  पातलीले जानकारी दिएका छन । हुम्लाको सदरमुकाम सिमकोट विमानस्थलमा पटक पटक विमानहरु दुर्घटना हुने  समस्या देखिएको छ । यस भन्दा पहिले बर्षमा नेपाल एयर लाईन्स, नोप तारा एयर, मकालु एयर, एयर काष्ठमण्डपका र गोमा एयर समेत टायार पन्चड भयईघटाना भउका थिए। विमान दुर्घटना हुनुको मुख्य कारण के हो भन्ने बारेमा  सरकार र सम्बन्धित  निकायाका पक्षले हुम्लामा हुने दुर्घटनाको बारेमा  अध्यायन गर्न आश्यक रहेको यात्रुहरुले बताएका छन । 




 

No comments:

Post a Comment