जेठ २८, काठमाडौं । परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रवेशिका परिक्षा (एसएलसी) परिक्षाको परिक्षाफल आज (मंगलबार) प्रकाशन गर्ने तयारी गरेको छ । परिक्षाफल प्रकाशनको क्रम
मा परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कम्प्युटरमा तथ्याङ्क प्रशोधन (प्रोसेसिङ) गर्ने काम गरिरहेको छ । परिक्षाफल प्रकाशनका लागि परिक्षा सञ्चालक समितिको वैठक बसिरहेको छ ।
परिक्षाफल प्रकाशनको लागि प्राविधिक तयारीको काम भइरहेको र सकेसम्म आजै परिक्षाफल प्रकाशन गरिने परिक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो । यसवर्षदेखि एसएलसीको परिक्षाको परिक्षाफल पत्रिकाबाट भने प्रकाशन नगरिने भएको छ ।
एसएलसीको नतिजा परिक्षा नियन्त्रण कार्यालयको वेवसाइट तथा मोबाइलबाट एसएमएस गरी प्राप्त गर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment