चार राजनीतिक पार्टी र सरकार विदेशी शक्तिको प्रत्यक्ष निर्देशनमा चलेकाले संविधानसभाको निर्वाचन नहुने बताउनुभयो । ‘बाह्य शक्तिको हस्तक्षेपकै परिणम देशले कर्मचारीतन्त्र भोग्नुपरेको छ, चार नेता र सरकारले विदेशीको चाहनामा काम गरेकाले घोषित निर्वाचन हुन सक्दैन’ भन्नुभयो । आन्दोलरत दलका कुरा नसुनेर एकलौटी ढंगले अगाडे आन्दोलनमा जाने केसीले चेतावनी दिनुभयो । एक अर्को प्रसंगमा प्रचण्ड र बाबुराम जनयुद्धकालमा आफूले खनेको सुरुङबाट दिल्ली पुगेको बताउनुभयो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य योगेश भट्टराईले कुनै पनि राजीतिक पार्टीलाई निषेध गरेर होइन संवाद गरेर संविधानसभामा जानुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले संविधानसभाका निर्वाचनमा कुनै राजीतिक पार्टीलाई निषेध गरे निकास होइन द्वन्द्व निम्तिने बताउदै सबैलाई संवाद गर्नु एमाले तयार रहेको बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले आफूहरु बहिस्कारवादी नभएको भन्दै राष्ट्रिय सहमति गरे आफूहरु चुनावमा जान तयार रहेको बताउदै त्यसो नगरेर चार पार्टी र सरकारले भिडण्त खोजेको हो भने आफूहरु तयार रहेको बताउनुभयो । थापाले चार नेताका गरेको सहमतिलाई राष्ट्रिय सहमति नमान्ने धारणा व्यक्त गर्नुभयो । थापाले भन्नुभयो, ‘आन्दोलरत दल सहित बृहत राष्ट्रिय सहमति नगरी बलप्रयोगद्वारा निर्वाचन गराउने प्रसाय गरिए त्यसलाई ध्वस्त पारिदिन्छौं ।’ कार्यक्रममा बोल्दै नेकपा (एकीकृत) का स्थायी समिति सदस्य रामसिंह श्रीसले रेग्मी नेतृत्वमा गरिने निर्वाचनले निकास भन्दापनि द्वन्द्व निम्ताउने भएकाले यसलाई खारेज गरी राष्ट्रिय सहमतिपछि मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल बार एसोशियनका अध्यक्ष हरिकृष्ण कार्कीले राजनीतिक नेतृत्वले गरेको निर्वाचनमा मात्र निकास दिनेभन्दै जबसम्म मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी दुई पदमा बहाल हुन्छन् तबसम्म निर्वाचन हुन नसक्ने बताउनुभयो । चार नेताको निर्देशनमा रेग्मी नेतृत्वको सरकार निरंकुश भन्दै संविधानलाई धोती लगाउदै हिडेको कार्कीको आरोप लगाउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले कसैलाइ पनि निषेध गर्न नहुदै भन्दै सबैपक्षसँग सहमति गरी निर्वाचनमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा–माओवादीका युवा नेता दुर्लभ पुनले कर्मचारीको नेतृत्वले हुने निर्वाचनले नयाँ संविधान नसक्ने भएकाले पहिला रेग्मी नेतृत्वको सरकार खारेज गरी राजनीतिक नेतृत्वमा सरकार गठान गर्नुपर्ने बताउनुभयो । त्यस्तै नेकपा (माओवादी) का केन्द्रीय सदस्य सुजनले सबैपक्षसँग गोलमेच सम्मेलन गरि नयाँ सहमति गरेपछि मात्र निर्वाचन सम्भव भएको बताउनुभयो ।
No comments:
Post a Comment