संगिता परियार, जुना रम्तेल लगायत परिक्षामा उतिर्ण एक सय जना दलित विद्यार्थीलाई सम्मान तथा अभिनन्दन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले दलितको सवालमा राज्य नै गैरजिम्मेवार भएकाले वर्तमान शिक्षा नीतिले हुनेखाने वर्गको मात्र हित गरेको बताउनुभयो । ‘सरकारले दलितको लागि भनि छुट्याइएका कोटामा पनि पक्षपात हुने गरेको छ,’ ‘सर्वसाधारण गाउँको दलितको छोराले उक्त कोटामा पढ्न पाउन निकै गाह्रो छ’ परियार बताउनुभयो । उहाँले केही व्यक्ति र संस्थाले दलितको नाम लिएर डरलको खेती गरिरहेका छन भन्दै त्यसबाट बच्न सम्पूर्ण उच्च शिक्षा हासिल गर्न लागिरहेका दलित विद्यार्थीलाई अग्रह गर्नुभयो । दलितको उत्पीडनको पूर्णसमानुपतिक प्रतिनिधित्वले मात्र नपुग्ने भन्दै भन्नुभयो, ‘ऐतिहासिक उत्पीडिनको क्षेतीपूर्ति स्वरुप राज्यले विशेषाधिकारको ग्यारेण्टी गर्नुपर्छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य तेजबहादुर मिजारले अहिलेको शिक्षा नीतिले वेरोजगार उत्पादन गर्ने फ्याक्ट्री भएको बताउनुभयो । नेपाल राष्ट्रिय आयोगका सदस्य शन्तोष परियारले जति दलितको हक अधिकार कुरा गरेपनि ग्रामिण क्षेत्रका दलित विद्यार्थीहरुले सरकारी स्कूलमा समेत पढ्न नसक्ने अवस्था रहेको बताउनुभयो । सरकारले नाममा कोटा छुटयाएपनि नीजि शैक्षिक संस्थाहरुले त्यसलाई नमानेको बताउनुभयो । ‘नीजि शिक्षण संस्थाले दलित विद्यार्थीको लागि भनि सरकारले छुट्याएको छात्रावृद्धि कोटामा विभिन्न बहाना गर्दै भर्ना दिदैनन्’ उहाँले भन्नुभयो ।
कार्यक्रममा मोर्चाका काठमाडौं जिल्ला अध्यक्ष सानुभाई मालबुलले एसएलसि पास गरी उच्च शिक्षा हासिल गर्न लागेको विद्यार्थीहरुको हौसला बढाउन र राज्यले दिएको अधिकार र प्रक्रियाबारे जानकारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । राज्यबाट पाएको हक अधिकार प्राप्त गर्न आफ्नो संगठनले सहयोग गर्ने बताउनुभयो । कार्यक्रमा विद्यार्थीहरुलाई खादा ओडाएर सम्मानित गर्नुको साथै सम्मान तथा कदरपत्र वितरण गरिएको थियो ।
No comments:
Post a Comment