अछाममा सिलिण्डर बम विस्फोट

विनायक, मंसिर ४ । 
अछाम जिल्लाको क्षेत्र नं. २ पर्ने विनायक गाविस मतदान केन्द्र नजिकै एउटा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । स्थानिबासीको अनुसार विस्फोटको आवाज टाढाटाढासम्म सुनिएको थियो । विस्फोटपछि विनायक, कुइका, तोली, कालिकास्थान, तोली, चाल्सा, लयाटी, पुल्लेतोला लगायतका गाविसका मतदाता आतंकित भएका छन् । 
कोही मतदान केन्द्रबाट भोट नहाली भाग्न थालेका छन् । भने कोही घरबाटै आएका छैनन् । 

No comments:

Post a Comment