कैलालीमा आगलागी हुँदा आमा-छोरीको जलेर मृत्यु

कैलाली, ३ मंसिर । 
निर्वाचनको समय जतिजति नजिकिदैछ त्यतित्यति आगजनी, झडब र बम विस्फोटका घटना पनि संख्यामा बढिरहेका छन् । कैलाली टिकापुरस्थित नारायणपुरमा शंकर चौधरीको घरमा परिवारका सदस्यहरु सबै सुतिरहेको बेला राति १२ बजेतिर आगो लागेको हो । 

घरका सबै सदस्य सुतिरहेको बेला घरमा आगो लाग्दा आमा-छोरीको जलेर मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् । आगलागीबाट मृत्यु हुनेमा शंखरकी १९

बर्षिय श्रीमती जानकी चौधरी र एक महिनाकी उनकी छोरी ग्रिष्मा चौधरी छन् । शंकर भने गम्भीर घाइते छन् । घाइते उनको हात, पिठ्यू लगायतका शरीरका अधिकांश भाग जलेको छ ।

आगजनी कसले र किन लगायो भन्ने नखुलेपनि राजनीतिक दलको चुनावी खिचातानीकै कारण हुनसक्ने प्रहरीले बताएको छ । आगलागी स्थलमा १० लिटरको मट्टितेलको जर्कनि भेटिएको प्रहरीले जनाएको छ । आगलागी शंकास्पद रहेको र अनुसन्धान सुरु भएको बताएको छ ।

No comments:

Post a Comment