विप्लव माअाेवादीले भारतीय कम्पनिलाई भन्याे-माथिल्लाे कर्णाली नछाेडे बल प्रयाेग गर्ने

 सुर्खेत।
३ मंसिर ।
नेकपा माअाेवादीले भारतीय कम्पनि जिएअारलाई माथिल्लाे कर्णाली बाट फिर्ता जन भनेकाे छ ।

माअाेवादीका भेरी-कर्णाली व्यूराे इन्चार्ज रणवीरले नयाँ संघर्षका कार्यक्रम अनुसार नेपालकाे हितविपरित बन्न लागेकाे उक्त अायाेजना छाेडेर जान भनेकाे छ । माअाेवादीले माथिल्लाे कर्णालीकाे सम्झाैता भएदेखि नै नेपालकाे हित विरुद्धकाे सम्झाैता भन्दै विराेध गर्दै अाएकाे थियाे ।

माअाेवादीले एक महिनाभित्र सुर्खेत र दैलेखमा रहेका सम्पर्क कार्यालय बन्द गर्न कम्पनीलाई चेतावनी दिएको हो ।
जिएमआरको सुर्खेतस्थित सम्पर्क कार्यालयमा पुगेर बुधबार विप्लव माओवादीले पुस १ गतेभित्र दैलेख र सुर्खेतका कार्यालय बन्द गरेर फिर्ता जान चेतावनी दिएको हो ।  ‘एक महिनाभित्र हामीले सुर्खेत र दैलेखका कार्यालयहरु बन्द गर्न अनुरोध गरेका छौं,’ विप्लव माओवादीका भेरी–कर्णाली व्यूराे इन्चार्ज रणवीरले जानकारी दिए ।
अाफ्नाे अाग्रहकाे बेवास्ता गरे बल प्रयाेग गर्न बाध्य हुने माअाेवादीले बताएकाे छ । पुस १ गतेभित्र बन्द नगरे  २ गते अाफ्नाे पार्टीले बल प्रयाेग गर्नेबताएकाे छ ।

फेरि भूकम्प धक्का

सिन्धुपाल्चोक  ।

३ मंसिर । आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।  बिहान १० बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

लामाे समयपछि  काठमाडौंमा उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि पराकम्प जाने वित्तिकै मानिसहरु केही बेर घरबाट बाहिर निस्किएका थिए ।