मुस्ताङमा विमान दुर्घट्नाग्रस्त


संवाद डबली
२ जेठ, काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एबिओ ट्विनअटर विमान मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्न लाग्दा आज बिहान दुर्घट्ना भएको छ । धावन मार्ग (रन वे) मा गुडेर मोडिने क्रममा विमान दुर्घट्ना
भएको हो । रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको खस्यो । चालक दीपेन्द्र प्रधान, सह चालक सुरेश केसी, परिचालिका सन्तमाया तामाङसहित ८ जना जापनिज र १० जना नेपाली गरी १८ एकजना यात्रु बोकेको उक्त विमान दुर्घटनामा मानविय क्षेती नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले बाताए । दुर्घटनामा परि गम्भिर घाइते भएका पाइलट सहित ५ जनालाई उपचारको लागि पोखरा ल्याइएको छ । बाँकीको प्राथमिक उपचारको लागि स्थानिय अस्पतालमा गरिएको थियो । बोलचाल र हिड्डुल गर्न सक्ने अवस्थामा रहेको वताइएको छ ।

पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको उडेको उक्त विमान ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ । दुर्घट्ना विहान ८ बजेर ३३ मिनेटमा भएको हो । गत वर्ष जेठ १ गते जोमसोममा अग्नी एयरको विमान दुर्घट्ना भएको थियो ।

घाइते हुनेमा विमानमा चालक दीपेन्द्र प्रधान, सह चालक सुरेश केसी, परिचालिका सन्तमाया तामाङ,र यात्रुहरु डिल्लीराम पन्त, मधु पन्त, गोविन्द पहारी, निरु लाक्पा शेर्पा, उमा थापा मगर, सन्तोष विक, पेमा गुरुङ, जीआर ठकुरी, के गुरुङ, एल शेर्पा,लगातय रहेका छन् ।

No comments:

Post a Comment