संवाद डबली
२ जेठ, काठमाडौं । शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीले हस्तक्षेप गरेको विरोधमा नेकपा–माओवादीले गराएको सुर्खेत बन्दले आज त्यहाँको जनजिनव प्रभावित
भएको छ । फोटो सहितको मतदाता नामावली संकलन तथा नागरिकता वितरणको विरोध गर्दै आएको नेकपा–माओवादीले बुधवार सुर्खेतको मैनतडामा शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गरेको थियो ।
मैनतडा गाविसको जहरेस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय परिसरमा चलाइएको अभियान अवरोध गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो । झडबको क्रममा प्रहरीले तीन सेल अश्रुग्यास तथा हवाई फायर गर्नुका साथै आन्दोलनकारीमाथि प्लाष्टिकका गोली समेत प्रहार गरेको माओवादी केन्द्रीय सदस्य भरत बमले दिएको जानकारी दिनुभयो । उहाँका अनुसार झडबमा सहविर महर रामलाल, टेकराज घाइते भएका थिए । सहविरको शारिरका विभिन्न ठाउँमा नौ वटा टाका लगाइ उपचार भइरहेको छ । पं्रहरीले केन्द्रीय सदस्य बम सहित ८ जनालाई गिरफ्तार गरी बुधवार साझ नै छोडेको थियो ।
No comments:
Post a Comment