हकलाई शहीद घोषणा गर्न गर्न माग
९ जेष्ठ, काठमाडौं । मुस्लिम संघ नेपालले गत मंगलबार अज्ञात समूहबाट हत्या गरिएका मुस्लिम अगुवा तथा पूर्व सभासद् सदरुल मियाँ हकलाई शहीद घोषणा गर्न माग गरेको छ । संघले आज ललितपुरमा पत्रकार सम्मेलन गरी मियाँ हकको परिवारलाई क्षतिपूर्ति दिन र
उहाँका सन्तानलाई उच्च शिक्षासम्म पठनपाठनको व्यवस्था गर्न पनि माग गरेको छ ।
संघले आपूmहरुको पनि प्रतिनिधित्व हुनेगरी उच्चस्तरीय छानविन समिति गठन गर्न पनि माग गरेको छ । सरकारले यसअघि नै मियाँहकको हत्या छानविन सुरु गरिसकेको छ ।
यसैबीच, पूर्वसभासद मियाँको हत्याको बिरोधमा आन्दोलनमा उत्रिएका मुस्लिम समुदायले भोलि बेलुका ६ बजेसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सरकारले आफूहरुको केही माग सम्बोधन गरेकाले सदरुलको अन्तिम संस्कार गर्नका लागि भोलि बेलुकीसम्मका लागि बन्द खोलिएको मुस्लिम नेता हाजी अव्दुल मियाँले जानकारी दिनुभयो ।
मियाँका अनुसार भोलि बिहान साढे आठ बजे सदरुलको अन्तिम संस्कार जलेजा गर्ने कार्यक्रम रहेको छ । अन्तिम संस्कार सकेपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने र बन्द गर्ने नगर्ने निर्णय हुने उहाँले बताउनु भयो ।
पूर्वसभासद् मियाँ हत्याको विरोधमा राष्ट्रिय मुस्लिम संघर्ष समितिले गराएको बन्दले आज सुनसरी र मोरङको जनजीवन दिनभर प्रभावित बन्यो ।
प्रदर्शनकारीले अपराधीलाई पक्राउ गरी कानूनी कारवाही गर्नुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, गृहमन्त्री घटनास्थल आउनुपर्ने लगायतका पाँच बूँदे माग राखेका छन् ।
उता, प्रहरीले भने आफूहरु अपराधी नजिक पुगिसकेको जनाएको छ । हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्ण सुराक हात परेको भन्दै प्रहरीले दुई÷तीन दिनभित्रै हत्यारा नियन्त्रणमा आउने विश्वास व्यत्त गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment