गोकुलेश्वरमा बस दुर्घटना सातको मृत्यु, ४० भन्दा बढि घाइते

९ जेठ, काठमाडौं । महेन्द्रनगरबाट दार्चुलाको लागि गएको पवन दुत यातायतको ना.४ ख ८३८५ नम्बरको यात्रुवहाक बस विहीबार विहान गोकुलेश्वरमा परेको छ । विहानै ६ बजे भएको उक्त दुर्घटनामा परि बसका साहु,  चालक र
पाँच जना यात्रु सहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा बसका साहु महेन्द्रनगर निबासी ४० वर्षिय कृष्ण भट्ट र चालक २६ वर्षिय दार्चुला सर्मोलीका करन साउद छन । त्यसैगरी मृत्यु हुने यात्रुहरुमा दार्चुला खरखडाका ३८ बर्षिय नरसिह धामी, सर्मोली ३ का ३२ वर्षिय गोपाल खत्री, भारत बलुवाकोटका ८० वर्षिय मोतीराम भट्ट, ५० वर्षिय महादेव भट्ट र ६१ वर्षिय मथुरा भट्ट रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा दार्चुला ग्वानी गाविस ६० वर्षीय शेरसिह साउद र दलपति डागा, धाप गाविस ४ की २२ वर्षीया हेमा पन्त र सोही ठाउँ ९ की २३ वर्षीया राजमति जोशी, सर्मोली गाविसका कुन्धन बोहरा, देथल्ला ८ की जयन्ती चन्द तथा भगवती ५ का देवसिंह धामी रहेका छन् । यसैगरी घाइते हुनेमा बाँके जिल्ला उदारा २ का यमबहादुर श्रेष्ठ, हुम्ला जिल्ला संघारका दीजफन्जेक लामा र कञ्चनपुर पिपलाडी २ का लोकेन्द्र बम पनि घाईते भएका छन् । प्रहरीका अनुसार घटनाको सम्पूण विवरण आइ सकेको छैन ।

No comments:

Post a Comment