_0422_-_Naxalites.jpg)
१२ जेठ, एजेन्सी । भारतमा जनयुद्ध लडिरहेको भारतिय कम्युनिस्ट पार्टी (माओवादी) ले छत्तिसगढ राज्यको सुकमा जिल्लामा गरेको फौजी कार्वाहीमा साल्भा जुडुमका नाइके एवम् छत्तिसगढका पूर्वमन्त्री महेन्द्र कर्मासहित २३ जनाको मृत्यु भएको छ । शनिवार राति भएको हमलामा छत्तिसगढ
काङ्ग्रेसका अध्यक्ष नन्दकुमार पटेलको समेत मृत्यु भएको छ । माओवादी विरुद्ध प्रतिकार गर्न गठन गरिएको अपराधिक समूह साल्भा जुडुमका मुख्य नेता महेन्द्र कर्मालाई माओवादीहरुले यसअघि पनि निशाना बनाएका थिए ।
यसैबीच घटनाका विषयमा काग्रेस आईकी प्रमुख सोनिया गान्धीले शनिबारको घटनाले आफु स्तब्ध भएको बताउनु भएको छ ।
उहा“ले आक्रमणको भत्सना गर्दै यस्तो आक्रमणले लोकतन्त्रको मुल्य मान्यतालाई नै लत्याएको बताउनु भयो । घटनाका विषयमा थप जानकारीका लागि प्रधानमन्त्री मनमोहन सिंह र सोनिया गान्धी घटनास्थल छत्तिसगढ जादै हुनुहुन्छ ।
सन् १९६७ मा पश्चिम बंगालबाट सुरु भएको नक्सलवादी आन्दोलन पछिल्ला वर्षहरुमा देशका अधिकांश प्रान्तहरु फैलिइसकेको छ । झारखण्ड, पश्चिम बंगाल, उडिसा, विहार, छत्तिसगढ तथा आन्ध्र प्रदेशलगायत राज्यहरु भारतीय माओवादीका आधार क्षेत्र बन्दै गएका छन् ।
जनयुद्धमा सहभागी दुई पार्टीहरु माओइस्ट कम्युनिष्ट सेन्टर र पिपुल्स वार ग्रुपबीचको एकीकरण पछि माओवादी आन्दोलनले भारतमा तीव्रता पाएको छ ।
सरकारी तथ्याङ्क अनुसार विगतका वर्षहरुमा भन्दा सन् २०१२ मा माओवादी आक्रमणमा कमी आएको बताइन्छ । सन् २०११ मा माओवादीहरुको आक्रमणमा ६११ जना सुरक्षाकर्मी मारिएका थिए भने सन् २०१२ मा ४०९ जना सुरक्षाकर्मीको ज्यान गएको बताइन्छ ।
No comments:
Post a Comment