१२ जेठ, काठमाडौं । विभिन्न सञ्चारमाध्यममा एकीकृत माओवादी र नेकपा–माओबादी वीच पार्टी एकता हुने भनी गरिएको हल्लामा कुनै सत्यता नरहेको नेकपा–माओवादीका नेताहरुले वताएका छन् ।
दश वर्षको जनयुद्धका उपलव्धीहरु समाप्त पारी विदेशीहरुको दलालका रुपमा दर्ज भइसकेको पार्टीस‘ग एकताको कुरा गर्नु हास्यास्पद भएको माओवादी नेताहरुको भनाइ छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल स्वंयमले निकट भविष्यमा नेकपा–माओवादीस‘ग पार्टी एकता हुने र त्यसबारे छलफल सुरु गरिएको भनी प्रायोजित रुपमा प्रचार गरेको भन्दै नेकपा–माओबादीका नेताहरुले त्यसलाई दाहालको वैचारिक कमजोरीका रुपमा अथ्र्थाएका छन् ।
हेटौडा महाधिवेशनपछि एकीकृत माओवादीले संस्थागत रुपमा नै राष्ट्रिय आत्मसमर्पणवादी विचार अङ्गालेको र सर्वहारा वर्गको विचारमाथि घात गरेकाले त्यो नसच्चाएसम्म पार्टी एकताबारे छलफल समेत गर्न नसकिने नेकपा–माओबादीका केन्द्रिय सदस्य महेश्वर दाहालले जानकारी दिनुभयो ।
एमाओवादी आफै निकै कमजोर मोर्चा भएकाले आन्तरिक अन्तरविरोध हल गर्न र विपक्षीहरुलाई तर्साउन बेलाबेलामा सो पार्टीका शीर्ष नेताहरुले एकताबारे गोयवल्स तरिका अपनाउन थालेको दाहालले वताउनुभयो ।
दाहालले राष्ट्रिय स्वाधिनताको एजेन्डासहित देशलाई निकाश दिन सङ्घर्षरत नेकपा–माओवादी स्वतन्त्र धारको रुपमा अगाडि बढिसकेकाले एमाओवादीको गोयवल्स प्रचार शैलीले आफूहरुलाई कुनै प्रभाव नपार्ने स्पष्ट पार्नुभयो ।

No comments:
Post a Comment