भवानी ऐर
जेठ १४, डडेल्धुरा, । नेकपा (एमाले) कि नेतृ अष्ठलक्ष्मी शाक्यले र्तमान रेग्मी सरकारको चाबी भारतकै हातमा रहेको बताउनुभएको छ । डडेल्धुरामा मंगलबार आयोजित कार्यक्रममा
एमाले पोलिटब्यूरो सदस्य समेत रहनुभएकी शाक्यले अन्तरिम मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकार भारतको इशारामा चलेको दाबी गर्नुभयो ।
पूर्वमन्त्री रहेकी एमाले पोलिटव्युरो सदस्य शाक्यले सरकार र केही ठूला दलका नेताहरुका कारण देशमा राष्ट्रियता खतरामा परेको बताउँदै उनले एमाओवादीले संविधानसभाको निर्वाचन हुन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । माओवादीको अस्वस्थ प्रतिस्पर्धाले नयाँ संविधान बन्न नसकेको उहाँको दावी थियो ।
No comments:
Post a Comment