संविधानसभा विघटनको एक वर्ष


१४ जेठ, काठमाडौ । आज जेठ १४ गते संविधानसभा मार्फत संविधान निर्माणका लागि गठन गरिएको संविधानसभा बिघटनको एक वर्ष पुगेको छ ।
राज्य पुनसंर्रचना, निर्वाचन प्रणाली, शासकीय स्वरुप लगायतका विषयमा दलहरुवीच सहमति जुट्न नसकेपछि २०६८ साल जेठ १४ गते मध्यरातमा
तत्कालिन प्रधानमन्त्री बावुराम भट्टराईको आकस्मीक संवोधनसंगै संविधानसभा विघटन भएको थियो ।

दुई वर्षीय कार्यकालका लागि गठन गरिएको संविधानसभाको म्याद पटकपटक थपि चार वर्र्ष पु¥याउदा पनि नया संविधान जारी हुन नसकेपछि तत्कालिन प्रधानमन्त्री भट्टराईले संविधानसभा अन्त्यको घोषणा गर्दै निर्वाचनको अर्को मिति घोषणा गर्नु भएको थियो ।

संविधानसभा बिघटन लगत्तैै संविधानसभा पुनस्र्थापनाको बहसमा लागेका चार राजनीतिक दलहरु अहिले संविधानसभाको दोस्रो निर्वाचन गर्ने निर्णयमा पुगेका छन् ।

दुई पटक चुनावको मिति घोषणा गरेका तत्कालिन प्रधानमन्त्री भट्टराई चुनाव गराउन असफल भएपछि चुनावी प्रयोजनकै लागि लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठन गरिएको सरकारले समेत जेठको अन्तिम साता सम्म सक्ने भनिएको निर्वाचनको मिति समेत घोषणा गर्न सकेको छैन ।

No comments:

Post a Comment