१३ जेठ, काठमाडौं । पत्रकार कृष्ण सेन इच्छुकको ११ औ स्मृति दिवसका अवसरमा आज विहान क्रान्तिकारी पत्रकार महासंघले प्रभातफेरि निकालेको छ । प्रभातफेरी शान्तिवाटिकाबाट
शुरु भएर बागबजार, पुतलीसडक हुादै महेन्द्रपुलिसको अगाडि आएर सम्पन्न भएको थियो । प्रभातफेरि पछि आयोजित कोणसभालाई सम्वोधन गदै नेकपा–माओबादीकी प्रवक्ता पम्फा भुषालले ईच्छुकले देखाएको बाटोमा आफुहरु सधै लागि रहने प्रतिबद्धता जनाउनु भयो । उहाले राष्ट्रघाट, जनघात र प्रतिक्रियावादीका बिरुद्ध आफनो पार्टीले कहिलै घुडा नटेक्ने उल्लेख गर्नुभयो ।
अखिल नेपाल जनसास्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले ईच्छुकको वलिदानको सम्मान गर्दै जुनसुकै हालतमा उहाको सपना पुरा गरेरै छाड्ने बताउनुभयो ।
यस्तै ईच्छुककी जीवन संगिनि तक्मा केसीले मुलुकमा बढ्दै गएको तिब्र दलाली करणको अन्त्य भई स्वाधिन राष्ट निर्माण भएपछि मात्रै ईच्छुकको सपना साकार हुने धारण राख्नु भयो ।
क्रान्तिकारी पत्रकार महासंघका संयोजक कुमार शाहले ईच्छुकले देखाएको बाटोमा प्रतिबद्ध हुदै साहित्य र पत्रकारीताका माध्यमबाट सेनको सपना साकार पार्ने बाताउनु भयो । सेनलाई २०५९ साल जेठ ६ गते मध्यवानेश्वरबाट गिरफ्तार गरेर महेन्द्र पुलिस क्लबमा निर्मम याताना दिएर जेष्ठ १३ गते हत्या गरिएको थियो ।
No comments:
Post a Comment