१३ जेठ, काठमाडौं । सरकारले यही जेठ १५ गते मनाउने गणतन्त्र दिवसको औपचारिक कार्यक्रम नागरिक समाजका अगुवाहरुले वहिस्कार गर्ने भएका छन् । शक्ति पृथकीकरणको
सिद्धान्त विपरित गठन भएको सरकारले लोकतन्त्रको रक्षा गर्न नसक्ने भन्दै उनीहरुले गणतनत्र दिवस वहिस्कार गर्ने वताउका हुन् ।
उनीहरुले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो दिन सरकारको विरोध सहति छुट्टै कार्यक्रमको आयोजना गरी गणतनत्र दिवस मनाउने वताएका छन् ।
पत्रकार सम्मेलनमा वोल्दै नेपाल वार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले राष्ट्रियता र लोकतन्त्रका लागि छुट्टै कार्यक्रमको आयोजना गरि गणतन्त्र दिवस मनाउने वताउनुभयो ।
रेग्मी सरकारको गठन र अख्तियारमा लोकतन्त्र विरोधी मान्छेलाई प्रमुख बनाएर प्रतिगमनको विजारोपण भएको अवस्थामा त्यसको विरोध गर्न छुट्टै गणतन्त्र दिवसको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नागरिक अगुवाहरु शम्भु थापा, कनकमणि दिक्षित, सुशिल प्याकुरेल, चरण प्रसाई, डा. केदारनरसिंह केसी, विष्णु निष्ठुरी लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment