फेरी हुम्लामा सीता एअरको बिमान दुर्घटना

१८ जेठ, हुम्ला । सीता एयरको डोनियर बिमान हुम्ला बिमानस्थलमा दुर्घटना भएको छ । नेपालगञ्जबाट कार्गो लिएर हुम्लाको सिमिकोट उडेको नाइन एएचबी (9N-AHB) डोनियर जहाज हुम्ला विमानस्थलमा अवतरणका क्रममा पल्टिएको हो । विमानका दुवै तर्फका पखेटा
भाँचिएका छन् । विमानमा रहेका चालक दलका तीन सदस्य र पाँच यात्रु सबै सकुशल रहेका सिमकोट नागरिक उडायन कार्यालयका प्रमुख टेकबहादुर पातलीले जानकारी दिनुभयो । खराब मौसमका कारण बिमान अबतरण गर्ने क्रममा बिमानको सन्तुलन बिग्रन गई दुर्घटनामा पर्न गएको हुन सक्ने सिता एअरका नेपालगञ्ज ब्युरो प्रमुख पर्शुराम चौधरीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment