१७ जेठ, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत ३३ दलीय मोर्चाले आफुहरुलाई फुटाउने सरकारी अभिप्राय असफल भएको निश्र्कष निकालेको छ । ३३ दलीय मोर्चाको कार्यदल को आज
नेकपा–माओबादी कार्यालय वुद्धनगरमा वसेको वैठकले दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समयसीमामा मोर्चा फुटाउने अभिप्राय रहेपनि त्यसलाई असफल पारिएको निश्र्कष निकालेको हो ।
नेकपा–माओवादीका पोलिटब्युरो सदस्य हरिभक्त क‘डेलले दल दर्ताका लागि आयोगले दिएको समयसिमाभित्र मोर्चामा आवद्ध कुनै पनि दलले दल दर्ता नगरेर आफुहरुलाई फुटाउन भएको षडयन्त्रलाइ परास्त गरेको निश्र्कष निकालिएको वताउनुभयो ।
उहॉले चैत १ गतेको २५ बु‘दे बाधा अड्काउ फुकाउ र ११ बु‘दे सहमति खारेज नभएसम्म सरकारस‘ग वार्ता नगर्ने तथा निर्वाचनमा सहभागी नहुने यसअघिको निर्णयलाई यथावत् राख्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
त्यस्तै, कार्यदलको वैठकले प्रतिगमन र निर्वाचन बिषयमा काठमाडौं लगायतका देशैभरका मुख्य मुख्य शहरहरुमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
अन्र्तक्रिया कार्यक्रम काठमाडौ, पोखरा, विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, धनगढीलगायतका प्रमुख सहरमा गर्ने निर्णय बैठकले गरेको छ ।
No comments:
Post a Comment