नयाँ मोर्चाबन्दी

जेठ ३०, काठमाडौं । चार दलीय मोर्चाले गरेको ११ वु‘दे सहमति, राष्ट्रपतिद्वारा चालिएको २५ बुँदे वाधा अडकाउ फुकाऊ आदेश, निर्दलिय सरकार निर्माण विरुद्ध आन्दालनमा रहेका नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलिय मोर्चा, उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा, नेपाल र अशोक राईको नेतृत्वको संघीय समाजवादी पार्टीले आफ्ना मागहरुको उपेक्षा गरेर गर्ने निर्वाचनलाई हुनै
नदिने सहमति भएको छ ।

नेकपा–माओवादीको पार्टी कार्यालयमा बसेको संयुक्त बैंठकपछि संवाद डबलीमा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सोको घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा नेकपा–माओबादकिा अध्यष मोहन वैद्यले अहिलेसम्म आफूहरुले प्रक्रियाको विरोध मात्र तर संविधानसभा निर्वाचनलाई वहिस्कार नगरेको बताउनुभयो । आफूहरु चुनाव जान तयार रहेको त्यो भन्दा पहिला चारदलबीचको ११ वु‘दे सहमति, राष्टपतिद्धारा चालिएको २५ वुदे वाधा अडकाउ फुकाऊ आदेश, निर्दलिय सरकार खारेजी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई वेवास्ता गरी कसैले चुनाव गराउन खोजेको छभने त्यो सपना मात्र हुनेछ, सबै पक्षबीचको सहमतिमा संविधानसभाको चुनाव हुनुपर्छ ।’ 

त्यस्तै कार्यक्रममा संघीय समाजवादीका अध्यक्ष अशोक राईले आफूहरुले सरकारसँग वार्तामा राखेका मागका वारेमा सुनुवाई नभएकाले अब संयुक्त मोर्चा बनाएर सशक्त रुपमा आन्दोलनमा जाने बताउनुभयो । उहाँले आन्दोलनरत दलसँग सहमति नगरी गर्ने चुनावले निकास नदिने र झन समस्या पैदा गर्ने दाबी गर्नुभयो । आफूहरु संविधानसभाको निर्वाचनको लागि तयार रहेको बताउदै राईले त्यसका लागि आफूहरुले अगाडी सारेका मागको सुनावाई हुनुपर्ने बताउनुभयो ।

आन्दोलनमा रहेको अर्को संघीय लोकतान्त्रिक मार्चा, नेपालका प्रवक्ता परशुराम तामाङले सरकारसँग वार्तामा राखेका मागहरुलाई वेवास्ता गर्दै सरकार अगाडि बढ्ेको भन्दै त्यसबाट उत्पन्न उने परिणमको जिम्मेवार हुने बताउनुभयो । चार दलिय सिण्डीकेटमा हुने निर्वाचनमा आफ्नो मोर्चा नजाने घोषणा गनुभयो ।
आन्दोलनरत सबै पक्ष एक भएर अगाडी निर्दलिय सरकार विरुद्ध आन्दोलनमा जाने बताउनुभयो । बार्ताको क्रममा भएको सहमतिलाई तोड्दै सरकार अगाडि बढेकाले अब वार्ता गर्नुको औचित्य नहुने बताउनुभयो । अब आफुहरु सरकारसँग वार्तामा नबस्ने र आन्दोलनमा जाने बताउनुभयो ।



No comments:

Post a Comment