१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १२ वर्È पुगेको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए । नारायणहिटी हत्याकाण्डको १२ वर्ष पुग्दा समेत घट्ना अझै पनि रहस्य नै रहेको छ । घट्नाको वास्तविकता
सार्वजनिक हुन सकेको छैन ।
घटनाको छानबिनपछि तयार गरिएको शाहीकालिन प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि आम नेपाली विश्वस्त हुन सकेका छैनन् ।
तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमारी श्रुती, राजकुमार निराजनलगायत अन्य केही नातेदारका मारिएका थिए भने घट्नामा दरबारमा सुरक्षार्थ ठूलो संख्यामा सेनाहरु समेत मारिएको भएपनि कति सुरक्षाकर्मी मारिए भन्ने समेत अहिले सम्म अज्ञात छ ।
तत्कालिन राजा विरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्र शाहले गद्दि आशिन गरेका थिए । ज्ञानेन्द्रले गद्दि आशिन गरेपछि महत्वाकांक्षी हुँदै जादा र राजनीतिक दलहरुलाई समेत लत्याई शाशन हातमा लिएपछि आन्दोलन उत्कर्षमा पुगेको थियो ।
उत्कर्षमा पुगेको जनयुद्ध र दोस्रो जनआन्दोलन २०६२÷६३ को बलबाट ज्ञानेन्द्रको शासन पतन भई नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङग्राहालय बनाइएको छ ।

No comments:
Post a Comment