चारदलीय कार्यदलको बैठक निष्कषविहीन

१९ जेठ, काठमाडौं । संविधानसभा निर्वाचन ऐनका विÈयमा सहमति खोज्न बसेको प्रमुख चारदलीय कार्यदलको बैठक विना निश्र्कष टुङगिएको छ । दलहरुले आइतबारको कार्यदलको बैठकमा पनि आ–आफनै अडान दोहो¥याएपछि बंैठक
विनानिश्र्कष टुङगिएको हो । उद्यपी, उनीहरुले चार दलबीच भएको ११ बु‘दे सहमति र बाधा अड्काउ फुकाउ आदेशको मर्मभित्रै रहेर विवादित विषयमा सहमती खोज्ने निर्णय गरेको छ ।

कार्यदलको नयाँ वानेश्वरमा रहेको समितिको कार्यलयमा आज बसेको बैठकले विगतमा भएको सहमति अनुसार नै अगाडि बढ्ने निर्णय गरेको हो । चार दलले विवादित विषयलाई टुङग्याउन बनाएको कार्यदल बैठकले विवादित विषयमा अन्तिम टुङगो लगाउन नसकेपछि भोली शर्षि तहमै वसेर छलफल गर्ने निर्णण गरेको एमाले नेता राघुजी पन्तले जानकारी दिनुभयो ।

यसअघि कार्यदललाई भोलि बस्ने उच्चस्तरीय चार दलिय राजनीतिक समितिको बैठकमा प्रस्ताव पेस गर्ने जिम्मेवारी दिइएको थियो । निर्वाचन अध्यादेशमा सहमति पछि मात्रै संविधानसभा निर्वाचनको मिति घोÈणा गर्ने दलहरुबीच सहमति बनेको छ ।

कार्यदलका सदस्य तथा एमाले नेता अग्निप्रसाद खरेलले भोलिसम्म कार्यदलले उच्चस्तरीय राजनीतिक समितिमा प्रतिवेदन बुझाइसक्नु पर्ने भएकाले दलहरुवीच भएको ११ वुदे सहमति र वाधा अडकाउ फुकाउ आदेशको मर्मभित्रै रहेर सहमति खोज्ने निर्णय भएको जानकारी दिनुभयो ।

दलहरुबीच संविधानसभाको सदस्य संख्या, समानुपातिक चुनावतर्फ प्रस्तावित थ्रेसहोल्ड, फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने लगायतका विÈयमा विवाद छ ।

No comments:

Post a Comment