असार १४, काठमाडौं । विभिन्न क्षेत्रका वुद्धिजीवीले अहिलेकै अवस्थामा जबरजस्ती मंसिरमा संविधानसभाको निर्वाचन गरिए संविधान बन्नुको साटो देशमा अर्को द्वन्द्व निम्तिने भन्दै निर्वाचनको लागि सर्वपक्षिय छलफल गर्नुपर्ने धारणा
व्यक्त गरेका छन् । शुक्रबार राजधनीको संवाद डबलीमा नेपाल बौद्धिक मञ्चले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, विश्लेषण र विकल्प विषयक मिडिया संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले सो धारणा व्यक्त गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रा.डा सुरेन्द्र केसीले कुनै राजीतिक पार्टीलाई बाहिर राखेर जति हल्ला गरेपनि संविधानसभाको चुनाव हुन नसक्ने भन्दै कुनै एउटा राजनीतिक शक्तिले स्वामित्व नलिएको संविधानले निकास दिनुको सट्टा देशमा द्वन्द्वमात्र निम्ताउने बताउनुभयो । चार दल र सरकारले जसरी पनि निर्वाचन गर्नेतिर भन्दापनि सबै पक्षसँग छलफल गर्नतिर लाग्नुपर्ने बताउनुभयो । ‘ठूला दलका नेताहरुले सत्ताकेन्द्रीत राजनीति गरेकाले समस्या पैदा भएको छ’ केसीले भन्नुभयो ।
मंचका अध्य्रक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. केबी रोकायाले चार दल र सरकार कार्यले मंसिरमा संविधानसभाको निर्वाचन हुन नसक्ने, भएपनि संविधान दिन नसक्ने र दिएपनि त्यसले राजनीतिक निकास र परिवर्तन होइन झन ठूलो द्वन्द्व निम्ताउने बताउनुभयो । संविधान लेख्ने निर्वाचन गर्नलाई सबैपक्षबीच गोलमेच सम्मेलन गरी केही सैद्धान्तिक कुराहरुमा सहमति गर्नुपर्ने बताउनुभयो । रोकायोले अब देशको जिम्मा युवाहरुको काधामा आएको धारणा व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमा प्रा.डा.केशवराज खड्काले जबरजस्ती गरिने निर्वाचनले ज्ञानेन्द्रले गरेको निर्वाचनको जस्तो परिणाम ल्याउने भन्दै सबै राजनीतिक पार्टीको सहभागीतामा संविधानसभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

No comments:
Post a Comment