भक्तपुरकी सरु -९३.५०
यस वर्षको प्रवेशिका परिक्षा एसएलसीमा भक्तपुरकी सरु श्रेष्ठ उत्कृष्ट नम्बर ल्याउन सफल भएकी छिन् । परिक्षानियन्त्रण कार्यलयले मंगलबार प्रकाशन गरेको प्रवेशिका परिक्षाफलमा श्रेष्ठले ९३ दशमलव ५० प्रतिशत अंक ल्याएकी हुन्।थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीबाट परिक्षा दिएकी उनले आठसय पूर्णांकमा ७ सय ४८ अंक ल्याएको सो विद्यालयले जनाएको छ । हाम्री विद्यार्थी सरु श्रेष्ठले ७ सय ४८ अंक ल्याएकी छिन्। ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोदकुमार कोइरालाले भने । उनले यो अंक नेपाल टप भएको दाबी समेत गरे।
सरु सानैदेखि मेहनती रलगनशिल थिइन् प्रिन्सिपल कोइरालाले भने ।
प्रकाशित परिक्षाफलअनुसार सरु श्रेष्ठले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८७, अनिवार्य गणितमा ९७,ऐच्छिक गणितमा ९९ र कम्युटर विज्ञानमा ९६ अंक प्राप्त गरेकी छिन् । सो विद्यालयबाट एसएलसी परिक्षामा सहभागि ४२ जना विद्यार्थीमध्ये १७ जना विशिष्ट श्रेणी, २३ जना प्रथम श्रेणी र १ जना द्धितीया श्रेणीमा उतीर्या भएका पनि कोइरालाले बताए।
बुटवलका सौरभ - ९३.३७
बुटवलस्थित न्यू होराइजन विद्यालयका सौरभ न्यौपाने सिं नं. ०४८२६०८२ L ले ७ सय ४७ नम्बर ९३.३७ प्रतिशत प्राप्त गरेका छन्। सोही विद्यालयकी ०४८६०६६ थ की छात्रा आयुष्मा आर्यलले ७ सय ३१ (९१ दशमलव २५प्रतिशत) प्राप्त गरेका छन्।६ पटक सम्म सिल्ड हासिँल गरेको सो विद्यायलले १ सय २९ जना विशिष्ट श्रेणी, २सय २ जना प्रथम श्रेणी र २ जना द्धितीया श्रेणी प्राप्त गरेका छ ।१४ भन्दा बढिले ९० प्रतिशतभन्दा बढि प्रतिशत ल्याएका छन्।
पर्साकी आँचल - ९२.१२
एसएलसीमा राम्रो नतिजा ल्याउन राजधानीकै प्रतिष्ठित बोर्डिङ स्कुलमा पढ्नुपर्छ भन्ने मान्यतालाई वीरगन्जकी छात्राले चुनौती दिएकी छिन्। वीरगन्ज उपमहानगरपालिका – १५ की आँचल चौधरीले मंगलबार सार्वजानिक भएको एसएलसीको नतिजामा ९२ दशमलव १२ प्रतिशत ल्याई मोफसलको इज्जत माथि उकासेकी हुन्।आँचलले वीरगन्ज–१५ स्थित एक सामान्य अवस्थाको विद्यासदन बोर्डिङ माविबाट एसएलसी परिक्षा दिएकी हुन्। आँचलले नर्सरीदेखि नै सोही स्कुलमा अध्ययन गरेकी थिइन् । आँचलले उतकृष्ट अंक ल्याई हाम्रो स्कुलको होइन सिंगै तराई र मोफसलको प्रतिष्ठामाथि उठाएकी छन् । विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङले जनआह्वानसँग भने, खाने मुखलाईजुगाँले छेक्दैन भन्ने नेपाली उख्खानलाई आँचलले चरितार्थ पारिदिएकी छिन् । विद्यालयकै सबैभन्दा मेहनती,जिज्ञासु र आज्ञाकारी छात्रा आँचललाई लरतरो हिक्षकले पढाउर्न नसक्ने अनुभव पनि गुरुङले गरे।
प्रत्येक दिन ५–६ घण्टा अध्ययन गर्ने बताउने आँचलले २०६५ सालमा काठमाडौंमा कोयस्ट नेपालले गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान ल्याएको र स्थानिय तथा क्षेत्रिय स्तरका हाजिरीजवाफ ताथा वतृत्वकला प्रतियोगतामा कसैलाई जित्न नदिएको अनुभव पनि गुशरङले सुनाए । उत्कृष्ट अां ल्याउने आँचलका बुबा–आमा दुवै जिल्लाको सामुदायिक विद्यालयका शिक्षक हुन् । आमाबुबा दुवैशिक्षक भएपनि पारिवारिक अवस्था भने कमजोर रहेकाले उनलाई कक्षा ३ देखि निशुल्क पढाउँदै आएको थियो । घरको अवस्था रउनकने लगन देखेर उनलाई कक्षा ३ देखि निःशुल्क पढाएको प्रअ गुरुङले बताए ।
भविष्यमा एरोस्पेस इन्जिनियर पढ्ने इच्छा रहेको बताउने आँचललाई अहिले बधाईको ओइरो लाग्न थालेको छ तर उनमा भो अलिकति पनि घमण्ड छैन । आँचलको डेरामा पुग्दा उनी सामान्य अवस्थामा रहेकी थिईन । मेहनत गरेर पढेको थिँए,फल पनि मिठै पाइयो, आँचलले भनिन् ।
No comments:
Post a Comment