जेठ २९, काठडमौं । शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थिले मंगलबार प्रकाशित एसएलसी नतिजामा विद्यार्थी असफल नभइ शिक्षा विभाग असफल भएको बताउनुभएको छ । भक्तपुरमा भएका
एक अन्तक्रियामा उहाले कमजोर पठन पाठन र शिक्षकहरुले दायित्व बोध नगर्दा एसएलसीको नतिजा खस्केकाले यसको जिम्मेवारी शिक्षा विभाग नै भएको स्वीकार गर्नुभयो ।
शैक्षिक नीति कमजोर नभएको दाबी गर्दै उहाले कक्षा कोठामा पढाइने पद्धति कमजोर हुदा नतिजा खस्केको बताउनुभयो । तीन घण्टाको परिक्षा अवधीले मात्र विद्यार्थीको सबै क्षमताको मूल्याकंन गर्न नसक्ने भन्दै उहाले आगामी दिनमा यस विषयलाई विभागले गम्भिर भएर सोच्ने प्रतिक्रिया दिनु भयो ।
शिक्षकहरुले प्रतिबद्ध भएर कक्षा कोठामा पठन पाठन गराएमा अहिलेको नतिजामा सुधार हुने चर्चा गर्दै उहाँले विद्यार्थिको असफलताको कारण शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षकहरु रहेको जिकिर गर्नु भयो ।

No comments:
Post a Comment