मुस्लिम अगुवा हत्या अभियोगमा छोरी पक्राउ

२४ जेठ, काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित केही दैनिक पत्रिकाले मुस्लिम अगुवा तथा पूर्व सभासद् सदरूल मियाँ हकको हत्या उनकै छोरीको मिलेमत्तोमा भएको समाचार प्रकाशित गरेका छन् । प्रहरी स्रोतलाई उल्लेख गर्दै ति पत्रिकाले लेखेका छन्, ‘लहान–५का
मौलबी भन्ने जमिर उल र हककै माइली छोरी रवेदाले हत्या गरेको हो, उनीहरुको बीचमा प्रेमसम्बन्ध भएको, सदरुलले उक्त केटालाई छोरी दिन तयार नभएको र दाइजोमा पनि कुरा नमिलेकोले हत्या गरेका हुन ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको विशेष टोलीले बिहिबार दिउँसो सप्तरीको ग्रामिण इलाकाबाट उनको हत्यारालाई पक्राउ गरेको थियो ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआजी) परशुराम खत्रीले दिएको जानकारी अनुसार पूर्वसभासद् सदरूल मियाँ हकको हत्यामका संलग्न भएको कारण र मियाँकै छोरीलाई पक्राउ गरिएको आजका पत्रिकामा समाचार छ ।
प्रेमसम्बन्धले मात्रै हत्या हुन नसक्ने कतिपय विश्लेषकको विश्लेषण छ । हत्या राजीतिक रुपमा भएको र छोरी प्रयोग हुन सक्छन् उनीहरुको दाबी छ । 

No comments:

Post a Comment