सर्वोच्चले भन्यो रेग्मीले राजीनामा किन नदिने ?

२२ जेठ, काठमाडौं / मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजनीनामाको माग सबैतिरबाट भईरहेको बेलामा आज सर्वोच्च अदाललते प्रधानन्याधीश पदबाट राजीनमा नदिनुको कारण पेस गर्न आदेश दिएको छ । गत १४ गते अधिवक्ता भरतमणि जंगलमे एउटै व्यक्ति कार्यपालिका र न्यायपालिका प्रमुख हुनु शक्ति पृथकीकरण र न्यायको सर्वमान्य सिद्धान्त विपरित भएको भन्दै सर्वोच्चमा रीट हालेका थिए ।   

उक्त रीटलाई सुनुवाई गर्दै गिरीश चन्द लालको एकल इजलासले राजीनामा नदिनुको कारण १५ दिनभित्र पेस गर्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नाममा आदेश भएको हो ।  रिटमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याललाई विपक्षी बनाइएको छ ।


चैत १ गते २५ बुँदे बाधा अड्काउ अध्यादेश फुकाउँदै मुख्य ४ राजनैतिक दलको सहमतिमा  प्रधानन्यायाधीश रेग्मीलाई चुनावी मन्त्रिमरिषद्को अध्यक्ष बनाइएको थियो । यसअघि नै  बाधा अड्काउ फुकाउ र रेग्मीविरुद्ध सर्वोच्चमा चारवटा  रिट विचाराधीन अवस्थामा रहेको छन् ।
- See more at: http://www.khabarpati.com/2013/06/supreme-court.html#sthash.qaPbYNh7.dpuf

No comments:

Post a Comment