असार १०, पाल्पा | नेकपा माओवादी क्रान्तिकारीले पाल्पा पोखराथोक स्थित मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको घरमा आफ्नो पर्चासहित झोलामा विस्फोटक पदार्थ बम राखेको छ | अहिले त्यहा सेनाको डिस्पोजल टोली उनको घर पुगेर उक्त बम निस्कृय पार्ने कामा सुरु गरेको छ | रेग्मिको घरमा २ लिटरको प्रेसर कुकर बम रहेको फेला परेको हो । हिजोमात्रै सरकार नेतृत्वको १०० दिन पूरा गरेका रेग्मीको घरमा बिस्फोटक पदार्थ भेटिएको पत्रकार टेकनारायण भट्टराईले जानकारी गराए ।
बम डिस्पोजका लागि बुटवलबाट नेपाली सेनाको टोली झिकाइएको पाल्पा प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए। बिहान करिब ६ बजेतिर विष्फोटको झोला राखिएको हुनसक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी र नेपाली सेनाको चन्डीप्रसाद गणबाट गएका सेना रेग्मीको घरमा सुरक्षार्थ खटिएको समाचार नागरिक न्युज डटकमले प्रकाशन गरेको छ |
No comments:
Post a Comment