बताउनुभएको हो । अध्यक्ष वैद्यले चैत्र १ गतेको संविधान संशोधन र बाधाअड्काउ फुकाउ आदेश, सबै दलहरुबीच बृहत छलफल र संविधानका अन्तरबस्तुमा सहमति भएमा आफ्नो पार्टीको बस्न लागेको केन्द्रीय समिति बैठकले केही निर्णय गर्न सक्ने बताउनुभयो ।
अध्यक्ष वैद्यले निषेदको संस्कृतिबाट जनताको संविधान नबन्ने भन्दै कांग्रेस–एमालेमा जस्तै एकीकृत नेकपा माओवादीमा पनि निषेदको राजनीति हावी भएको बताउनुभयो । वैद्यले ‘सबै चुनावी प्रक्रियालाई रोकेर सवै पक्षसँग वार्ता र छलफल गर्नुपर्छ’,हाम्रो पार्टी वार्ताको लागि तयार छ ।’ हामी आन्दोलनरत पक्षलाई निषेद गरेर हुन संविधानसभाको चुनाव हुनैनसक्ने र यदि भएमा पनि त्यसबाट जनताको संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
आन्दोलनरत दलहरुलाई निषेद गरी संविधानसभाको चुनाव गराइए आफूहरुले पनि आन्दोलनको बलमा सडकबाटै जनताको संविधानको घोषणा गर्ने बताउनुभयो । त्यसको लागि आन्दोलनरत दलहरु बसेर आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउनु बताउनुभयो । आफूहरुले अहिलेसम्म चुनावलाई बहिस्कार र हुन नदिने नभनेको भन्दै निषेदको राजनीति जारी राखे बहिस्कार र चुनावलाई हुनै नदिने आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने वैद्यले बताउनुभयो ।
अध्यक्ष वैद्यदले लोकतन्त्र र विधिको शासनका हिमायति ठान्ने नेपाली कांग्रेस र एमालेले एकीकृत माओवादीसँग मिलेर लोकतन्त्र र विधिको शासनलाई ध्वस्त पारेको बताउनुभयो । उहाँले पुस्तकको चर्चा गर्दै पुस्तकले सर्वहारा वर्ग र प्रगतिशील साहित्याको प्रतिनिधित्व गरेको दाबी गर्नुभयो । आफूलाई प्रगतिशील भन्नेहरुको प्रतिगामी भएको आरोप लगाउनुभयो । लेखक तथा साहित्कार अमर गिरी, इश्वरचन्द्र ज्ञवाली, नरेन्द्रजंग पीटरले टिप्पणी गर्नुभएको थियो । पुस्तक अक्सपोर्ट प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।

No comments:
Post a Comment