कोटेश्वरमा अवैध सुन पक्राउ

असार २६, काठमाडौ   ।  प्रहरीले काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको छ । सुराकीका आधारमा बा.३.ख २५७० नम्बरको कन्टेनरबाट आज विहान ३५ किलो अवैध सुनसहित एक जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

बरामद गरिएको सुन सम्भवत हाल सम्म कै सबैभन्दा ठूला परिणाम रहेको प्रहरीले जनाएको छ ।
ब्यूरोले पत्रकार सम्मेलन गरी बरामद सुन सार्वजनिक गरेको हो ।
उक्त सुन १७ करोड रुपैयाँ बराबारको रहेको छ ।  कन्टेनर चालक सिन्धुपाल्चोक तातोपानीका छिरिङ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ब्यूरो प्रमुख डिआईजी प्रकाश अर्यालले बताउनु भयो ।

चीनको खासाबाट सामान लिएर आएको र भन्सारले सिलबन्दी गरेको कन्टेनर बाहिर ”फल्स बटम” बनाएर त्यस भित्र सुन लुकाइएको थियो ।

No comments:

Post a Comment