
असार २६, काठमाडौं । नेकपा–माओवादीका युवा नेता अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने गम्भीर बिरामी परेपछि अस्पताल भर्ना हुनु भएको छ । उहाँलाई हृदयघात
भएको भनिएपनि सबै रिपोर्ट हेर्दा अवस्था सामान्य रहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सामान्य अवस्थामै एक्कासी लडेर बेहोस बनेपछि उहाँलाई उपचारका लागि बालाजु स्थित जनमैत्री अस्पताल लगिएको थियो ।
नेकपा–माओवादीको वैकल्पीक केन्दं्रीय सदस्य समेत रहनुभएका नेता न्यौपानेलाई थप उपचारका लागि थापाथली स्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । उहाँ बिरामी भएको खबर सञ्चारमाध्यममा सार्वजनकि भएलगत्तै अस्पतालमा ठूलो संख्यामा नेकपा–माओवादीका नेता तथा कार्यकर्ता भेला भएका छन् ।
राजधानीस्थित नर्भिक अस्पतालमा अहिले नेकपा–माओवादीकी प्रवत्ता पम्फा भुषाल, पोलिटव्युरो सदस्य हितमान शाक्य, केन्द्रीय सदस्य इश्वरी दाहाल, दिनेश शर्मा लगायतका नेताहरु पुगेका छन् ।
No comments:
Post a Comment