नेपाली जनप्रगतिशील मंच कुबेतको भेला सम्पन्न

असार २९ (जुलाई १३, २०१३) 
नेपाली जनप्रगतिशील मंच कुबेतको नियमित मासिक भेला हिजो कुबेतको मालिया स्थित चौतारी रेष्टुरेण्टमा मंचका अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्ष्यतामा सम्पन्न भयो । मंचका महासचिब देब भुजेलले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष श्री सुजन के सी तथा पत्रकार ध्दय आनन्द आचार्य र अर्जुन बस्नेतहरुको समेत सहभागीता रहेको थियो ।
प्रजातन्त्र र गणतन्त्र स्थपनार्थ आफ्नो ज्यानको बलिदानी दिने महान ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्रञ्जली अर्पण गर्दै १मिनेट मौन धारण बाट सुरु गरिएको कार्यक्रम मंचका उपाध्यक्ष आई पी भट्टराईले स्वागत मन्तब्य राख्दै नेपाली जनप्रगतिशील मोर्चा कुबेतबाट सामुहिक राजिनामा दिई मंचमा प्रबेश गर्नु हुने कमरेडहरुलाई स्वागत गर्नु भएको थियो ।
त्यसैगरि पार्टी केन्द्रबाट मंचलाई शुभकामना सहितको परिपत्र अध्यक्ष ठाकुर प्रसाद पौडेलले पढेर सुनाउनु भएको थियो । मंचको गतिबिध र कृयाकलाप प्रति सन्तोषजनक र खुशी ब्यक्त गर्दै एशिया प्यासेफिक राज्य समिति इन्चार्ज क. युबराज चौलागाईले क्रान्तीकारी अभिवादन सहित पठाउनु भएको शुभकामना तथा निर्देशात्मक परिपत्र अनुसार कुवेतमा एरिया कमिटि सरहको संरचना दिने निर्णय भएकोले यहा अर्को पनि आधिकारिक संगठन निर्माण गरिने पनि हिजोको बैठकले पारित गरेको छ ।
कुवेतमा मंचको अधिबेशन पश्चात केही असन्तुष्ट र फरक धारका ब्यक्ति बिशेषहरुले गत मार्च महिनामा गठन गरेको नेपाली जनप्रगतिशील मोर्चा कुबेत(बैध पक्षिय) मा आबध्द १५ सदस्यीय कार्यसमिति मध्ये ११ जनाले हिजै पत्रकारहरुको अगाडी सामुहिक राजिनामा घोषणा गर्नुभएको थियो । मोर्चाका उपाध्यक्ष हर्कसिङ आङ्वो सहितको टोली हिजैको दिन बाट मंचमा प्रवेश गर्नु भएको थियो । दश बर्षे जनयुध्द, १९दिने जनआम्दोलनका उपलब्धि संघिय गणतन्त्र नेपाललाइ अझ संस्थागत बनाऊनका लागि हामी कान्तिकारी योध्दाहरु फुटेर हैन जुटेर लाग्नुपर्ने कुरा आङ्वोले दर्शाउनु भएको थियो । उहांहरु प्रति मंचले आगामी बैठकमा सम्मानजनक रुपमा उचित जिम्मेवारी दिने पनि निर्णय गरेको छ ।
त्यसै गरि मंचका कार्य समिति सदस्यहरुको परिचय पत्र पनि हिजोको बैठक बाट बितरण गरिएको थियो ।

No comments:

Post a Comment