असार ३०, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी बार्ताको लागि तयार रहेपनि संयन्त्र र सरकारले कुनै सर्त अगाडि सारे आफू बार्तामा नबस्ने बताउनुभयो । आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा ‘शुसिल’ द्वारा लिखित ‘नाटक नै याथार्थमा बदलियो’ शिर्षकको कृति विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।
वार्ताको माध्यमबाट निकास खोेज्न हाम्रो पार्टीले बार्ता टोली गठन गरेपनि सरकार र चार दल ठोस रुपमा नआएको बताउनुभयो । ‘हाम्रो पार्टीले वार्ता टोली गठन गरेर वार्ताको लागि तयार रहेपनि उहाँहरु (सरकार र सरकारपक्षिय पार्टी) गम्भीर बन्नुभएको छैन, बाहिर हल्ला गरेपनि ठोस रुपमा छलफलमा आउनुभएको छैन’ वैद्यले भन्नुभयो, ‘सरकार र सरकार पक्षिय पार्टी विना सर्त वार्तामा आउन तयार देखिदैन ।’ हाम्रो लतकतालाई कमजोरीको रुपमाले नलिन सरकार र चार दललाई अध्यक्ष वैद्यले आग्रह गर्नुभयो । उहाँले ३३ दलिय मोर्चालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्नुपर्ने बताउनुभयो ।
चैत्र १ गतेको संविधान संशोधन र राष्ट्रपतिद्वारा २५ बाधा अड्काउ फुकाउ आदेश खारेज गरी सर्व दलिय सरकार निर्माणको लागि विना सर्त आफूहरु वार्ता र गोलमेचसभामा बस्न तयार रहेको अध्यक्ष वैद्यले बताउनुभयो ।
एक अर्को प्रसंगमा वैद्यले हालै आफ्नो नेतृत्वमा भएको चिन भ्रमण दुई कम्युनिस्ट पार्टीबीच सम्बन्ध सुमधुर बनाउन सफल भएको बताउनुभयो । उहाँले ‘चिनले नेपालमा राजीतिक स्थायीत्व चाहेपनि आन्तरिक मामलामा कुनै दबाव दिएको छैन’ भन्नुभयो ।
पुस्तकको चर्चा गर्दै वैद्यले जनताको भोगाई र जनयुद्धको इतिहास भएको बताउनुभयो । बरिष्ठ प्रगतिशील साहित्यकार इश्वरचन्द्र ज्ञावलीले पुस्तकको चर्चा गर्नुभएको थियो ।
No comments:
Post a Comment