काठमाडौ, २५ असार । भारतीय विदेशमन्त्री सल्मान खुसिर्दले नेपालको आन्तरिक मामिलामा भारतले कुनै हस्तक्षेप नगर्र्ने वताउनु भएको छ । विशेष विमानबाट विहान काठमाण्डौं आइपुग्नु भएका खुर्सिदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण पछि नेपालमा हुने संविधानसभा निर्वाचनको सहयोगका लागि आफ्नो नेपाल भ्रमण केन्द्रीत रहेको बताउनु भयो । विहान ९ वजे पछि परराष्ट मन्त्री माधव प्रसाद घिमिरे र भारतिय समकक्षि सलमान खुर्सिद वीच परराष्ट मन्त्रालयमा भएको भेट्वार्तामा नेपाल र भारतको द्धिपक्षिय हितका विषयमा कुराकानी भएको छ ।
नेपालको एक दिने औपचारीक भ्रमणका लागि काठमाडौ आइपुग्नु भएका भारतिय विदेशमन्त्री खुर्सिद र समकक्षि घिमिरेवीच कुनै सम्झौतामा हस्ताक्षरको संभावना भने नरहेको वताइएको छ ।
विहान ९ वजे ९ सदस्यीय प्रतिनीधिमण्डल का साथ विशेष विमानमा काठमाडौ आइपुग्नु भएका खुर्सिद आजै साँझ ६ वजे स्वदेश फर्कर्नु हुने छ ।
दुई दिने नेपाल भ्रमणको पुर्व निर्धारित कार्यतालिका एकाएक परिवर्तन भएपछि खुर्सिदको नेपाल वसाई नौ घण्टामा सिमित रहने भएको छ ।
भारतिय संलग्नतामा त्रिभुवन विमानस्थल स्थित अध्यागमन सुरक्षा चेकप्वाइन्ट स्तरोन्नती गर्ने एवं लुम्वीनी र पशुपति नगरमा भारतियकै अध्यागमन चेकपोष्ट स्थापना गर्ने नेपाल भारत गृह सचिव स्तरिय सहमति तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएपछि विदेशमन्त्री खुर्सिदको भ्रमण छोट्टीएको विश्लेषण गरिएको छ ।
खुर्सिद आज दिनभर व्यस्त रहने कार्यतालिका छ ।
नेपाली समकक्षि घिमिरेसंगको द्धिपक्षिय वैठक लगत्तै राष्टपति भवन शितल निवासमा राष्टपति डा रामवरण यादवसंग भेट, राष्टपति संगको भेट लगत्तै सिंहदरवारमा मन्त्रि परिषद अध्यक्ष खिलराज रेग्मी संग शिष्टाचार भेट्को कार्यक्रम तय गरिएको छ ।
राष्टपति, मन्त्रिपरिषद अध्यक्ष र परराष्ट मन्त्री संगको भेट पछि खुर्सिदले दिउसो २ वजेपछि वत्तिसपुतली स्थित होटल द्धारिकाजमा एकिकृत माओवादी, नेपाली काँग्रेस, एमाले र मधेश केन्द्रीत दलका नेताहरु संग भेट्घाटको कार्यक्रम तय गरिएको वताइएको छ ।
यस पटकको खुर्सिदको भेट्मा नेपाल भारत द्विपक्षिय सहमतिमा हस्ताक्षरको संभावना नभएपनि संविधानसभा निर्वाचनलाई सहयोग गर्ने विषयमा भने लेटर अफ एक्सचेन्जमा हस्ताक्षर हुन सक्ने झिनो संभावना रहेको छ ।
आफ्नो भ्रमणका क्रममा खुर्सिदले राष्टपति र मन्त्रिपरिषद अध्यक्ष देखि दलका नेताहरुलाई निर्वाचनको प्रकृयामा जमेर लाग्न दबाव दिने सुत्रले जनाएको छ ।
No comments:
Post a Comment