किरणको नेतृत्वमा उच्चस्तरीय वार्ता टोली

असार २४, काठमाडौं । पोखरामा सम्पन्न केसको पूर्ण बैंठकपछि बसेको  नेकपा–माओवादीको पोलिट्व्यूरो बैठकले वार्ता र आन्दोलनलाई सँगै लैजाने निर्णय गर्दै अध्यक्ष मोहन वैद्य ‘किरण’ को नेतृत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल,
सचिव देव गुरुङ, र  नेत्रविक्रमचन्द 'विप्लव'  सदस्य रहनु भएको छ ।
पोलिट्व्यूरो बैठकका निर्णय सार्वजनिक गर्न सोमबार राजधानीमा ओयोजित पत्रकार सम्मेलनमा नेकपा–माओवादीले निशर्त वार्ताको टेबलमा बसेर सबै विषयमा छलफल गर्न तयार रहेको भन्दै उच्चस्तरीय वार्ता टोली गठनको घोषणा गरेको हो । ‘हामीलाई सरकार र समितिबाट वार्ताका लागि आहृवान हुँदै आएको छ । हामीले सर्त राखेका थियौं, त्यो आफ्नो ठाउँमा छ । तर, हामी अब वार्ता गर्न तयार हुन्छौं । राजनीतिक समिति सबैसँग पनि वार्ता गछौं’ । सरकारसँग पनि वार्ता गर्न पनि तयार छौं’ बैद्यले भन्नुभयो’ तर, वार्तामा सर्त नराखियोस्, मंसिर ४ गतेको चुनाव नमानी वार्ता हुँदैन भनिएको छ, हामी त्यो मान्दैनौं । मंसिर ४ गते खारेज हुनुपर्छ ।’ साथै उहाँले आफूसँगै आन्दोलनरत दललाई पनि वार्तामा सहभागी गराउन माग गर्नुभयो । रणनीतिमा दृढता र कार्यनीतिमा लचकता अपनाउने रणनीति अनुसार नै वार्ताका लागि लचिलो भएको माओवादीले जनाएको छ ।
यसअघि सरकार र राजनीतिक समितिले वार्तामा बोलाएपनि बैद्य पक्षले चुनावी प्रक्रिया रोक्नु पर्ने लगायतका सर्त राख्दै आएको थियो । पछिल्लो पटक प्रमुख चार दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले आगामी मंसिर ४ का लागि तोकिएको निर्वाचन स्वीकार गरिए गोलमेच वा सर्वपक्षीय सम्मेलन गर्न सकिने बताएपछि बैद्यय माआवादी वार्तामा बस्न तयार भएको हो ।
बैद्य माओवादीले यथास्थितिमा हुने चुनाव भने सक्रिय र सशक्त बहिस्कार गर्ने बताएको छ । ‘हामीले निर्वाचन निरपेक्ष रुपमा बहिस्कार गर्ने भनेका हैनौं’ उहाँले भन्नुभयो,’११ बुँदे सहमति र बाधा अड्काउ फुकाउ आदेश, प्रधानन्यायाधीशको नेतृत्वमा सरकार खारेज हुनुपर्छ र सर्वपक्षीय गोलमेच सभा गरे दलहरुबीचबाट राष्ट्िरय सरकार बनाइयोस् भनेका छौं । हाम्रो कुरलाई पुरै अवज्ञा गरियो र विदेशी प्रतिक्रियावादीहरुको इशारामा प्रक्रिया अगाडी बढाइएको छ । यस अर्थमा हामी यथास्थितिमा चुनावमा भाग लिन सक्दैनौं यो एकदम ठिक र जायज छ ।’
बैद्यले आफूहरुको मोर्चामा रहेका ३३ दलसहित आन्दोलनरत शक्तिलाई सहभागी गराएर सर्वपक्षीय गोलमेच सभा गर्नु पर्ने र त्यहीबाट राष्ट्िरय सहमतिको सरकार बनाउने र कसरी संविधानसभाको अर्को निर्वाचन गर्ने भन्ने टुङगो लगाउनु पर्ने बताउनु भयो । गोलमेच सभामा अबको संविधान कस्तो बनाउने भन्नेबारे सहमति गरे पनि त्यहीबाट संविधान भने घोषणा नगर्ने उहाँको भनाई छ ।

आगामी साउन १० गतेदेखि चुनाव बहिस्कार आन्दोलन थाल्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सुरुमा प्रचारात्मक कार्यक्रम गरिने र बहिस्कारको कार्यक्रम भने केन्द्रीय कार्यालय बनाउने महासचिव बादलले बताउनुभयो । 
बहिस्कार आन्दोलनको पक्षमा रहेका अन्य दलहरुसँग तालमेल गर्ने नीति पनि माओवादीले लिएको छ । महासचिव बादलले धेरैले पोखरा बैठकबाट माओवादी फुटेर आउँछन् भनेको तर, आफू एक भएर आएको बताउनु भयो । बलपूवक युद्धमा धकेलेर र आत्मसर्मपण गराएर क्रान्तिकारी शक्तिहरुलाई सिध्याउने षड्यन्त्र भइरहेको उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष किरणले एमाओवादी र नेकपा–माओवादीबीचको पार्टी एकता हल्ला मात्र भएको बताउदै ‘माओवादीसँग एकता हुँदैछ, हामी एक भएर चुनावमा जान्छौं’, ‘भनेर एमाओवादीले कांग्रेस एमालेलाई तर्साउने काम गरेको छ’ भन्नुभया । पार्टी एकताका लागि राजनीतिक लाइन, रणनीति, कार्यनीति लगायतका कुरा मिल्नु पर्ने तर आफूहरुको मिल्ने कुरा केही नभएको उहाँले बताउनुभयो । ‘एमाओवादी अध्यक्ष लगायतका नेताहरुले दुई पार्टीबीच एकता हुदैछ भनेर  माओवादी कार्यकर्ता र जनतालाई भ्रममा पार्ने र काग्रेस र एमालेलाई तर्साउने मेलो गरेको वैद्यको आरोप थियो । 

No comments:

Post a Comment