काठमाडौँ, २५ भदौ । वरिष्ठ गायक फत्तेमान राजभण्डारीको अन्त्यष्टि गरिएको छ । आफन्त, संगीतकर्मी, कलाकार र साहित्य अनुरागी सहित सयौ सर्वसाधारणको उपस्थितिमा पशुपति आर्यघाटमा उहााको अन्त्येष्टि गरिएको हो ।वरिष्ठ गायक फत्तेमानलाई श्रद्धान्जली दिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, अर्थमन्त्री शंकर प्रसाद कोइराला र पर्यटन मन्त्री रामकुमार श्रेष्ठ पशुपति आर्यघाटमा पुग्नु भएको थियो । केही समययता फोक्सोको क्यान्सरबाट पीडित गायक फत्तेमानको ७७ वर्षको उमेरमा राजधानीको ओम नसिर्ङ होममा गएराति निधन भएको थियो ।
विसं १९९३ साल मंसिर १३ गते जन्मिनु भएका फत्तेमानले ४ सय भन्दा बढी गीत तथा भजनमा स्वर तथा संगित दिनु भएको छ । गायक फत्तेमानको स्वरमा वि.सं २०१८ सालमा हे राम नाम प्रभुको जप्दै बोलको भजन रेकर्ड गरिएको थियो । त्यस्तै २०२५ मा रेकर्ड गरिएको यस्तो पनि हुँदो रैछ बोलको गीतबाट चर्चा कमाएका फत्तेमान २०४० पछि अझ धेरै श्रोतामाझ लोकप्रिय हुनुभएको थियो । फत्तेमान २०३२ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी गायन प्रतियोगितामा प्रथम हुनुभएको थियो । मर्न बरु गाह्रो हुन्न, यस्तो पनि हुँदो रैछ, सान्नानीको गालैमा कालो कोठी रैछ, रातो र चन्द्र सूर्य, घिन्ताङ घिन्ताङ मादलु बज्यो, बनै खायो डढेलोले जस्ता चर्चित गीतका गायक फत्तेमानले अन्तिम पटक हरिवंश आचार्यको टिभी कार्यक्रम ‘मैले जे भोगेँ’ का लागि रेकर्ड गराउनु भएको थियो । उहा्ले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारका साथै वंगलादेशमा पनि लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ ।
No comments:
Post a Comment