काठमाडौं, ३१ भदौ / बहिर्गमित जनमुक्ति सेना नेपालले नेताहरुले अहिले भनिरहेको संविधानसभाको चुनाव नाटक मात्र भएकोले आफुहरुले सो चुनाव सक्रिय रुपमा बहिस्कार गर्ने बताएका छन् । उनीहरुले आफुहरुलाई अयोग्य भन्न लगाउनेहरु संविधान बनाउने कार्यमा अयोग्य भएको दावी गर्दै भने, ‘हाम्रो जिन्दगीमाथि खेलवाड गर्ने अयोग्य नेताहरुहरुलाई छानी छानी ठिक पार्छौ ।’
उनीहरुले यस्तो दावी संवाद डवलीमा पत्रकार सम्मेलनको आयोजना गरी गरेका हुन् । सो संगठनका अध्यक्ष लालचन्द्र विकका अनुसार
जनताले फेरि निकास नदिने चुनाव नभै भ्रष्ट र देशद्रोही नेताहरुलाई कठघरामा उभ्याउन चाहेका छन् । उनले दावाका साथ अगाडि भने, ‘हामी जनताको बीचमा गएर आएका छौ, हामीलाई जनताले अपमान खेपेर नबस्नुहोस्, लड्नुहोस् हामी साथ दिन्छौ भनेका छन् ।’
जनता र राज्यबाट पीडित युवाहरुले युद्ध चाहेमा देश द्धन्द्धमा फस्ने दावी गर्दै विकले विभिन्न दलका नेताहरु र शान्ति मन्त्रालयले आफुहरुलाई बारम्बार झुक्याएको पनि बताए । उनले भने, ‘अब कि सेना सरकारसँग छ, कि हामीसँग हुनेछन्, यस्तो बेला के हुन्छ विचार गर्नुहोस् ।’
उनीहरुले बर्हिगमित जनमुतिm सेनालाई प्रतिब्यक्ति १० लाख, विभिन्न बाहनामा पक्रेकालाई रिहाई, अपाङगलाई ब्यवस्थासहित राहत र आत्महत्या गर्न पुगेका परिवारजनलाई राहत दिनु पर्ने लगायतका माग राखेका छन् ।
आफ्ना मागहरुप्रति राज्य र दलहरुबाट बास्ता भएन र आफुहरुलाई विगतमा संगठित गर्ने दलहरुले पनि सोचेनन भने पीडित युवाहरु मिली जनमुक्ति सेना बनाएर घोषणा गर्ने समेत बताएका छन् । उनीहरुको जिकिर छ, यसैको लागि हामी दोस्रो राष्ट्रिय भेलाको आयोजना गर्दैछौ । सो सम्मेलन कार्तिक १० देखि १२ गतेसम्म हुने बताइएको छ ।
उनीहरुले अबदेखि आफुहरु आन्दोलनमा जाँदा बन्द हड्ताल नगर्ने तर देशद्रोहीहरुलाई छानी छानी कारबाही गर्ने तयारीमा रहेको दोहो¥याई, तेह¥याई भनेका छन् । सो कार्यमा राज्यबाटै पीडित प्रहरी र सेनालाई पनि संगठित भएर अघि बढ्ने दावी गरेका बर्हिगमित जनसेनाहरुले आफुहरु कुनै पार्टीमा विभाजित नभएको दावी पनि गरे ।
यस्तै उनीहरुले असोज १ गते एमाओवादी र माओवादी, २ गते प्रधानमन्त्री र राष्ट्रपति तथा ३ गते एमाले र काँग्रेस कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको जानकारी दिएका छन् ।

No comments:
Post a Comment