म्यादी प्रहरीमा भर्ना हुन आएका युवाले निर्वाचन कार्यालय जलाए


अछाम, आश्निव १५ । म्यादी प्रहरीको छनौट अछामै हुनेपर्ने माग राख्दै आएका युवाहरुले अछामस्थित निर्वाचन कार्यालय सहित तीन सरकारी कार्यालयमा तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीका फारम छनौटको लागि भन्दै
 क्षेत्रिय कार्यालय डोटी पठाएको थियो ।

शान्तिपूर्ण रुपमा आफ्ना माग राखिरहेका युवाहरुमाथि प्रहरीले लाडी चार्ज गरेपछि करिब एक हजार भन्दा बढि आक्रोसित युवाहरुले ती कार्यालयमा तोडफोड गरेका हुन । प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । अक्रोसित युवाहरुले छनौट प्रक्रियालाई बहिस्कार गर्दै नाराबाजी सहित बजार परिक्रमा गरेका छन् ।
आन्दोलनरत युवा रमेश बिकका अनुसार माग पूरा नभए निर्वाचनलाई नै बहिस्कार गर्ने बताएका  छन् । उनका अनुसार दर्जनौ युवा घाइते छन् ।
अहिले जिल्लामा प्रहरीले व्यापक सर्च सूरु गरेको छ । साँफेबगरबाट थप प्रहरीलाई मंगलसैन आउँदै छ ।

No comments:

Post a Comment