एमाओवादी अछाममा विद्रोह

चुनाव लड्न प्रचण्डलाई अछाममा आउन चुनौती 

असोज १४, अछाम । संविधानसभा निर्वाचनको उम्मेदवारीमा विवाद भएकापछि एमाओवादी एक जना केन्द्रीय सदस्य सहित अछाम संयोजक करिब एक सय जना नेता तथा कार्यकर्ताले विद्रोह सहित राजीनामा गरेका छन् । असन्तुष्ट नेता अक्कल रावलका
अनुसार विद्रोह गरी माओवादीमा प्रवेश गर्ने वा चुनावमा पार्टीको आधिकारीक उम्मेदवारका विरुद्ध बागि उम्मेदवारी दिन सदरमुकाम मंगलसैनमा अहिले बैठक बसिरहेको छ । अछाम क्षेत्र नं. १ बाट उम्मेदवारीका आकांक्षी वैकल्पिक केन्द्रीय सदस्य तारामान स्वाँर, जिल्ला संयोजक खगेन्द्र रोकाया थिए तर पार्टीले विवादकाबिच दिपक साउँद र झंकर रावललाई उम्मेदवारी दिएको थियो ।
केन्द्रीय सदस्य स्वाँरले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेको र जिल्ला संयोजक खगेन्द्र रोकायाले राजीनामाको घोषणा गरेका छन् । पार्टीले हिजो मात्रै साउँद क्षेत्र नं. १ बाट र रावल क्षेत्र नं. २ बाट उम्मेदवारी दिएको घोषणा गरेको थियो । आफूले क्षेत्र नं. १ बाट उम्मेदवारी नदिएकोमा निकै आक्रोसित भएका वैकल्पिक केन्द्रीय सदस्य एमाओवादीमा आफुले बसिरहनुको कुनै अर्थ नभएको बताए । त्यस्तै क्षेत्र नं. २ मा उम्मेदवारका आकांक्षी नेता अक्कल रावल नेताहरुले आफू जनयुद्ध लडेका कार्यकर्तामाथि अपमान गरेको बताए । पार्टीले निष्ठा, त्याग र बलिदान गरेका भन्दा पैसावालालाई काखि च्यापेको बताए । अर्का असन्तुष्ट नेता झंकर साउँदले अब एमाओवादीमा आफूजस्ता नेता–कार्यकर्ता बस्नुको अर्थ नभएको भन्दै विद्रोह सहित आधिकारिक उम्मेदवारलाई हराइदिने बताए ।
त्यस्तै जिल्ला संयोजक खगेन्द्र रोकायाले पनि पार्टीले आफूमाथि गरेको अन्ययाका विरुद्ध धावा बोलेको बताए । पार्टीले टिकट दिएकालाई धरौटी जफत हुने गरी हराइदिने बताए ।
हिजोमात्रै पार्टीले ठूलो विवादका बिच उम्मेदवारी तोकेको थियो । उम्मेदवारी पाएका साउँद र रावललाई नेता जनार्दन शर्मा र शक्ति बस्नेत र लेखराज भट्टको समर्थन रहेको छ । जिल्ला स्तरिय नेता कार्यकर्ताले अब अछाममा प्रचण्ड आएर जितेर देखाउन चुनौति दिएका छन् ।
पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध क्षेत्र नं. १ मा झंकर साउँद र २ बाट अक्कल रावलले उम्मेदवारी दिने अक्कल रावलले बताए

No comments:

Post a Comment