टेकुको विष्णुमती पुलमुनि शक्तिशाली बम

काठमाडौं, १ मंसिर । चुनावको दिन जति जति नजिकिदै छन् त्यति नै विस्फोट र आजगनीका घटना बढिरहेका छन् । सरकारले दिनदिनै सुरक्षा रणनीति बदिल्दै कडाई गछौं भनेपनि त्यो प्रतिवद्धतामै सिमति छ । आज विहानै काठमाडौंको विष्णुमती पुलमुनि
शक्तिशाली बम भेटिएको छ । टेकु र कालीमाटी जोड्ने सो पुलमुनि प्रेसर कुकर बम भेटिएको हो ।
सेतोे प्लास्टिकको झोलाभित्र पोका पारिएको अवस्थामा बम भेटिएको प्रहरीले बताइको छ । सेनाको बम डिस्पोजल टोलीले सो प्रेसर कुकर बम डिस्पोज गरेको छ । सुरक्षा स्रोतका अनुसार सो प्रेसर कुकर बम विस्फोट हुन पाएको भए ठूलो क्षती हुन थियो ।

No comments:

Post a Comment