भेरी-र्णाली इन्चार्ज पारसमणी गिरफ्तार

सुर्खेत, मंसिर १ – नेकपा–माओवादीका भेरी कर्णाली राज्य समितिका इन्चार्ज मायाप्रसाद शर्मा ‘पारसमणी’लाई प्रहरीले गिरफ्तार गरेको छ ।सुर्खेतको वीरेन्द्रनगर १ ढोडेखालीबाट बांगेसिमल जाँदै गरेका शर्मालाई शनिबार विहान ९ बजेतिर पक्राउ गरेको माओवादीले जनाएको  छ । प्रहरीले शर्मासँगै रहेका अखिल नेपाल यातायात मजदुर संघ सुर्खेतका सदस्य शिव न्यौपानेलाई पनि प्रक्राउ गरेको छ । उपचार गरेर
फर्कने क्रममा शर्मालाई पक्रेकोे नेकपा–माओवादी सुर्खेतका सेक्रेटरी प्रशान्त आरसीले जानकारी दिनुभयो । नेकपा–माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई प्रक्राउ गरिएको बारे भने प्रहरी केही जानकारी नभएको जनाएको छ । सुर्खेतका एसपी प्रकाश अधिकारीले शर्मा प्रक्राउ परेकोबारे आफूलाई थाहा नभएको बताउनुभयो । प्रमुख जिल्ला अधिकरी पुरुषोत्तम कुवँरले पनि प्रक्राउ गरिएको बारे अहिलेसम्म आधिकारीक जानकारी नआएको बताउनुभयो । चुनाव नजिकिँदै जाँदा चुनाव विरोधी गतिविधि हुन सक्ने भन्दै नेकपा–माओवादीका नेता कार्यकर्तालाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।

No comments:

Post a Comment