मंसिर २, काठमाडौं । नेकपा–माओवादीले मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक सङ्कटको निकासको लागि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प नभएको र आफ्नो पार्टी र मोर्चाले पकट–पटक संवाद र सहमतिको पहल गरेपनि सरकार र चार दलका शिर्ष नेताले वेवास्ता गर्दै जबरजस्ती अगाडी बढेको भन्दै राष्ट्रिय सहमतिको लागि चुनाव सक्रिय बहिस्कार गर्न आम जनसमुदायलाई आह्वान गरेको छ ।
पार्टी अध्यक्ष मोहन वैद्य किरणले आइतबार एक प्रेस विज्ञाप्ती जारी गरी सो आह्वान गर्नुभएको हो । “हाम्रो पार्टीसहितको ३३ दलीय मोर्चाद्वारा पटकपटक संवादको पहल गरियो । सडक आन्दोलनका
कार्यक्रमहरु पनि निरन्तर रुपमा सञ्चालन गरियो । परन्तु, सरकार र चार दलका शीर्ष नेताहरु हाम्रो आग्रहलाई निषेध गर्दै जबर्जस्त रुपमा राष्ट्रघाती र जनघाती निर्वाचनलाई थोपरिरहेका छन । त्यसैले, उक्त निर्वाचनलाई हामीले सक्रिय रुपले बहिष्कार गर्ने निश्चित गरेका छौं । अतः राष्ट्रिय सहमतिको लागि यस निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्न सम्पूर्ण आदरणीय जनसमुदायमा हाम्रो पार्टी पुनः हार्दिक अनुरोध गर्दछ” जारी विज्ञाप्तीमा भनिएको छ ।
राष्ट्रिय सहमतिको लागि शान्तिपूर्ण आन्दोलनका विरुद्धमा राज्यले असहिष्णुतापूर्वक सम्पूर्ण शक्ति प्रयोग गरेर दमन–धरपकड गर्दै एकप्रकारको राज्य आतङ्क खडा गरिरहेको भन्दै सोही क्रममा घटेका केही दुखत घटनाप्रति दुःख व्यक्त गरेको छ । त्यस्ता घटना राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको जबरजस्ती अवज्ञा गर्न लगाउँदा घटेको वैद्यले विज्ञाप्तीमा बताउनुभएको छ । “हाम्रो पार्टीसहित ३३ दलिय मोर्चाको तर्फबाट आम हड्ताल र अत्यावश्यक वस्तु र सेवाका वाहनहरु बाहेकको चक्काजामका कार्यक्रमहरु आयोजना गर्दै आउने काम भएको छ । राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएको छ, त्यसक्रममा केही दुःखद घटना पनि घटेको देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं” वैद्यद्वारा जारी विज्ञाप्तीमा भनिएको छ । कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेको पनि उल्लेख गरिएको छ ।
त्यसैगरी, राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् भन्दै आन्दोलनकारी जनसमुदायहरुलाई ती सबै प्रकारका षड्यन्त्रहरुबाट सजग र सर्तक रहन हामी आग्रह गरिएको छ ।
“हामी मंसिर ४ गते बेलुका ५ बजेसम्मको चक्काजामसहितको बहिष्कार आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र प्रभावकारी रुपमा सम्पन्न गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं” विज्ञाप्तीमा भनिएको छ ।
आन्दोलनको क्रममा मुगुस्थित केन्द्रीय सदस्य मंगल शाहीलगायत ३३ दलसम्बद्ध सयौं नेता–कार्यकर्ता र सर्वसाधारण जनतालाई गिरफ्तार गरी झुठा मुद्दाहरु लगाइएको भन्दै तुरुन्त रिहाईको माग पनि गरिएको छ । संवाद र सहमतिको विकल्प नभएको भन्दै संवाद र नयाँ राष्ट्रिय सहमतिको पक्षमा सरकार, राजनीतिक दलहरु र नागरिक समाज सबैबाट सकारात्मक पहलका लागि गरिएको छ ।
प्रेसवक्तव्य
१. मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक सङ्कटको निकासको लागि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प छैन । त्यसको लागि हाम्रो पार्टीसहितको ३३ दलीय मोर्चाद्वारा पटकपटक संवादको पहल गरियो । सडक आन्दोलनका कार्यक्रमहरु पनि निरन्तर रुपमा सञ्चालन गरियो । परन्तु, सरकार र चार दलका शीर्ष नेताहरु हाम्रो आग्रहलाई निषेध गर्दै जबर्जस्त रुपमा राष्ट्रघाती र जनघाती निर्वाचनलाई थोपरिरहेका छन् । त्यसैले, उक्त निर्वाचनलाई हामीले सक्रिय रुपले बहिष्कार गर्ने निश्चित गरेका छौं । अतः राष्ट्रिय सहमतिको लागि यस निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्न सम्पूर्ण आदरणीय जनसमुदायमा हाम्रो पार्टी पुनः हार्दिक अनुरोध गर्दछ ।
२. राष्ट्रिय सहमतिको लागि सडक आन्दोलनको क्रममा हाम्रो पार्टीसहित ३३ दलीय मोर्चाको तर्फबाट आम हड्ताल र अत्यावश्यक वस्तु र सेवाका वाहनहरु बाहेकको चक्काजामका कार्यक्रमहरु आयोजना गर्दै आउने काम भएको छ । त्यसप्रकारको शान्तिपूर्ण आन्दोलनका विरुद्धमा राज्यले असहिष्णुतापूर्वक राज्यको सम्पूर्ण शक्ति प्रयोग गरेर दमन–धरपकड गर्दै एकप्रकारको राज्य आतङ्क खडा गरिरहेको छ । राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएको छ । त्यस क्रममा राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं । कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन् । त्यसैगरी, राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् । अतः सम्पूर्ण आन्दोलनकारी जनसमुदायहरुलाई ती सबै प्रकारका षड्यन्त्रहरुबाट सजग र सर्तक रहन हामी आग्रह गर्दछौं । साथै, हामी मंसिर ४ गते बेलुका ५ बजेसम्मको चक्काजामसहितको बहिष्कार आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र प्रभावकारी रुपमा सम्पन्न गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं ।
३. आन्दोलनको क्रममा मुगुस्थित हाम्रो पार्टीका केन्द्रीय सदस्य मंगल शाहीलगायत ३३ दलसम्बद्ध सयौं नेता–कार्यकर्ता र सर्वसाधारण जनतालाई गिरफ्तार गरी झुठा मुद्दाहरु लगाइएको छ । अतः गिरफ्तार गरिएका सम्पूर्ण बन्दीहरुलाई विनाशर्त रिहा गर्न पनि पार्टी जोडदार माग गर्दछ ।
४. अन्तमा, जुनसुकै परिस्थितिमा पनि फेरि पनि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प छैन । अतः संवाद र नयाँ राष्ट्रिय सहमतिको पक्षमा सरकार, राजनीतिक दलहरु र नागरिक समाज सबैबाट सकारात्मक पहलका लागि हाम्रो पार्टी पुनः हार्दिक आग्रह गर्दछ ।
मिति ः २०७०/८/२ गते
.............................
मोहन वैद्य ‘किरण’
अध्यक्ष

No comments:
Post a Comment