संवाद बाटै निकास खोज्न नागरिक अगुवाको आग्रह (विज्ञाप्ती सहित)

मंसिर २, काठमाडौं । चुनावको पक्ष र विपक्षमा मत विभाजन हुँदै गइरहेको छ । नागरिक समाजका अगुवा पनि दुई धु्रबमा विभाजन भएका छन् । कसैले जसरीपनि चुनाव गर्नुपर्छ भन्ने मत राख्दै विभिन्न राजनीतिक दल र नेतालाई भोट माग्दै चुनावी प्रचारमा छन् । अर्कोतिर सरकार र चार दलको जवरजस्तीको शासकीय सोचले देशलाई नयाँ ढंगको द्वान्द्वमा पुर्याएको भन्दै विरोध तथा सबैलाई समेट्न आग्रह गर्दैछन् ।
त्यसैक्रममा नागरिक अगुवाहरुले एक
विज्ञाप्ती जारी गर्दै “चुनाव मिति नजिकै गर्दा विरोधीका घटना पनि त्यतिकै बढिरहेका छन् । त्यसले देश र जनताको भाग्य र भविश्य झन अप्ठ्यारो तर्फ गइरहेको छ । सेना परिचालन एवं राज्य र विरोधी पक्षका दवाव मूलक कार्यक्रमले देशका राजनीतिक विग्रर्दै गएको छ” निष्कर्ष निकालेका छन् ।

कसैलाई निषेध गर्न भन्दा पनि ठोस उपाय अवलम्बन गरी सबैलाई समेट्ने गरी संवादको माध्यमबाट चुनावी मुद्धालाई हल गर्न विज्ञाप्ती मार्फत सम्बन्धित पक्षलाई आह्वान गरिएको छ ।
विज्ञाप्तीमा ९ जना नागरिक अगुवा तथा प्राध्यापक तथा विश्लेषक रहेका छन् । जसमा हिरण्यलाल श्रेष्ठ, शम्भु थापा,प्रा. जगत ब. केसी, प्रा.डा. सुरेन्द्र केसी, प्रा. रमेश शर्मा, विष्णुपुकार श्रेष्ठ, सौरभ, भरत बस्नेत र ध्रुबहरि अधिकारीले संयुक्त रुपमा विज्ञाप्ती जारी गर्दै संवाद बाटै राजनीतिक निकास खोज्न आग्रह गरेका छन् । यदि जवरजस्ती गरिए त्यसको परिणम सरकार र चार राजनीतिक पार्टीले लिनुपर्ने बताएका छन् ।

No comments:

Post a Comment