मतपेटीका तिला नदीमा

नेपालगंज, मंसिर ४ । 
एउटा मात्र निर्वाचन केन्द्र रहेको जुम्ला जिल्लाको झरज्वाला मतदान केन्द्रका मतपेटीका चुनाव वहिस्कार गरेको पक्षले कब्जा गरी तिला नदीमा बगाइदिएको छ । उक्त केन्द्रको चुनाव स्थगित गरिएको छ । त्यसैगरी रामेछापको प्रयागेश्वर उच्च मावि पकरबास मतदान केन्द्रमा झै झगडा भएपछि आधाघण्टा अघिदेखि मतदान स्थगित भएको छ । सामान्य उमेरका मानिसलाई पनि आँखा नदेख्ने भन्दै मतदान गर्ने प्रयत्न भएपछि झैझगडा भएको हो ।

No comments:

Post a Comment