काठमाडौं, मंसिर ४ ।
मतदानको औपचारिक समय पाँच बजेको केही समयमा ३३ दलिय मोर्चाले एक विज्ञाप्ती जारी गर्दै निरंकुश शैलीको दमनको बाबजुद् आन्दोलन सफल भएको बताएको छ । मोर्चाको तर्फबाट नेकपा माओवादी सचिव गुरुङले विज्ञाप्ती जारी गर्दै फेरी पनि संवाद र सहमतिको विकल्प नभएको बताएका छन् ।
‘राज्यको सम्पूर्ण शक्तिको दुरुपयोग गरेर निर्वाचन गरिएको भएता पनि त्यसबाट जनताको संविधान नबन्ने मात्र होइन, वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने यथार्थता स्पष्ट छ । राजनीतिक निकासको लागिजुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन, माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ’ फेरि पनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न
सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग आग्रह गर्दछौं ।’
चारदलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङ्कुश ढङ्गले दमन गरिएको भन्दै ३३ दलीय मोर्चाले त्यसका बावजुद पनि चक्काजाम र बहिष्कार आन्दोलन सफल भएको दावी गरेको छ ।
आन्दोलनको विरुद्धमा राज्यद्वारा निरङ्कुश ढङ्गले बल प्रयोग गरेको र त्यसका करण कतिपय स्थानहरुमा अनपेक्षित दुःखद घटना भएको भन्दै विज्ञप्तिमा भनिएको छ(’त्यसबाट भएको क्षति र जनसमुदायमा पर्न गएको पीडाका सन्दर्भमा हामी दुःख व्यक्त गर्न चाहन्छौं ।’ ३३ दलीयमोर्चाको आन्दोलनको क्रममा ५ सयभन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ ।

No comments:
Post a Comment