काठमाडौं, २९ कात्तिक । सर्बोच्च अदालतले यातायात बन्द फिर्ता लिन सर्बोच्च अदालतले दिएको आदेश नेकपा–माओवादीले नमान्ने भएको छ । पार्टी कार्यलय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन बैद्यले
प्रधानन्यायधिस नै सरकार प्रमुख रहेको, असंबैधानिक कदमका बिरुद्ध परेका १७ वटा मुद्धा खारेज गरेको, रेग्मी बिरुद्ध परेका मुदाहरु सारेको सारै गर्नु जस्ता प्रकरणले अदालत निश्पक्ष नरहेको स्पष्ट भएकोले यसको आदेश नमान्ने बताउनु भयो । नेकपा–माओवादीले सहमति विपरीत जबरजस्त तरीकाबाट चुनाव गर्न प्रयन्त गर्ने सरकार र चार दलीय सिण्डिकेटका कारण अहिलेको समस्या उत्पन्न भएको समेत दोहो¥याएको छ । पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष बैद्यले अहिलेको स्थितिमा यस्तो अदालतलाई आफूहरुले स्वीकार समेत नगर्ने बताउनु भयो । उहाले निर्वाचन बहिष्कार आन्दोलनमा जनताले ठूलो सहयोग गरेको भन्दै अझै पनि सहमतिको लागि दवाव दिन जनतालाई अपील गर्नुभयो । अध्यक्ष बैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनता विरुद्ध अपराध गरेको र त्यसैले अहिले दाहाललाई पिरोलीरहेको भन्दै नेकपा–माओवादीले दाहालको हत्या गर्न खोजेको भन्ने दाहालको अभिव्यक्तिमा कुनै तुक नरहेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको सविधान सभाको चुनाव भईहाले पनि यसले जनताको सविधान नबनाउने भन्दै जनता सचेत हुनु पर्ने बताउनु भयो ।
यसैबीच, कार्यलय समय सकिएपछि सर्बोच्चको पत्र बोकेर आएका कर्मचारीहरुलाई माओवादीले पत्र नबुझी फर्काइदिएको छ । डेमोक्रेटिक लयर्स एशोसिएसनले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्बोच्चले हिजो बन्द फिर्ता लिन ३३ दलीय मोर्चालाई निर्देशन दिएको थियो । पछिल्लो समयमा न्यायिक निरुपण गर्न नसकेको सर्बोच्चले राजनीतिक बिषयमा हात हालेको भन्दै बिरोध हुदै आएको छ ।

No comments:
Post a Comment